Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

कोरोना फैलाउने मोदी हुन्

२७ सोमबार , बैशाख २०७८३ बर्ष अगाडि

काठमाडौं । विश्वप्रसिद्ध जर्नल दी ल्यान्सेटको रिपोर्ट अनुसार कोरोनाको दोस्रो लहर फैलाउनुमा भारतका प्रम नरेन्द्र मोदी जिम्मेवार छन् ।
दी ल्यान्सेटको सम्पादकीयमा मोदीको कोरोना फैलाउने काम माफी दिन लायक छैन । मोदीले आफ्नो गल्तीको जिम्मेवारी लिनुपर्छ भन्ने माग गरेको छ ।
जर्नलले आउने ३ महिनाभित्र भारतमा १० लाख मानिस मर्नसक्ने अनुमान गरेको छ । चेतावनी दिदादिै धार्मिक कार्यक्रम र चुनावी सभाहरूमार्फत मोदीले कोरोना फैलाएको जर्नलको निष्कर्ष छ । यस्तो भयावह प्रकोपका लागि मोदी नै जिम्मेवार व्यक्ति हुन् ।
जर्नलले भारतको खोप नीतिको आलोचना पनि गरेको छ । भनिएको छ– अक्सिजन नपाएर बिरामीहरू मरिरहेका छन् । चिकित्सक टोली थाकिसके । उनीहरू पनि संक्रमित भइरहेका छन् । सरकारसँग असन्तुष्ट मानिस सामाजिक सञ्जालमा अक्सिजन, बेड, भेन्टिलेटर र औषधिको माग गरिरहेका छन् ।