Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सेना अघि सर, जनता मर्न थाले

२० सोमबार , बैशाख २०७८३ बर्ष अगाडि

काठमाडौं । अस्पतालले संक्रमितको चापलाई थेग्न नसक्ने भयो भनेर सरकारले हात उठायो । संक्रमितहरूले अस्पतालको उपचार पाउन छाडे । अक्सिजनसम्म नपाएर संक्रमितहरू निसास्सिएर मरेका खबर आइरहेका छन् । संसद, संविधान, सरकार, जनप्रतिनिधि, नागरिक समाज, उद्यमी, व्यापारी, धनाध्येबर्ग मौन छन् । यो भयावह स्थितिमा जनताले आशा र भरोसा गर्ने कसलाई ? कुन निकायलाई ?
खोप छैन । खोप कसरी आउँछ सरकारलाई नै थाहा छैन । खोप छैन, उपचार छैन, घरमै बसे खाना छैन, काममा निस्के ज्यान छैन । कत्रो त्रासदी छ ।
यसकारण सेना अघि आउनु प¥यो । नेपाली सेना अघि सर्नुप¥यो ।
नेपाली सेनाको प्राथमिकता नेपाल र नेपाली हुन् । नमकको सोझो नेपाली सेनाको परम धर्म हो । यो धर्म निर्वाह गर्न नेपाली सेना जनता मरिरहेको, देश भयावह स्थितिमा पुगेको हेरिरहन सक्दैन भने अघि सर्नैपर्छ । भारतमा डढेलो लाग्यो, नेपालमा आगो सल्किसकेको छ । कोभिड–१९ को डढेलोबाट नेपाल र नेपालीलाई बचाउन नेपाली सेनाले सबै सुरक्षा निकायको नेतृत्व गरेर तत्काल अस्थायी अस्पताल, आइसोलसन सेन्टर, सीमा बन्द, खोपको प्रवन्ध गरिहाल्न जरूरी छ । यो जिम्मेवारीका लागि सेनाले गैरजिम्मेवार सरकार, असफल संविधान, जवाफदेहीता नभएको संसद, सांसदको निर्णय कुरिरहनु भनेको थप जनतालाई मर्न बाध्य पार्नु हो । नेपाली सेनाले जनतालाई आश्वस्त पार्नुपर्छ ।