Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

लोकमृत्युमाथि सत्ता राजनीति

२० सोमबार , बैशाख २०७८३ बर्ष अगाडि

काठमाडौं । महामारीसँग जुध्न प्रत्येक नागरिक जो जहाँ हुन्, एक हुनुपर्छ । झगडा पछि गरौंला, विचार सिद्धान्त पछि हेरौंला, अहिले महामारीसँग जुधौं भनेर भारतीयहरू कोरोना महामारीमा मान्छेको मृत्युलाई बचाउन एक भएर लागेका छन् ।
नेपालमा प्रदेशदेखि केन्द्रसम्म सत्ताप्राप्तिको झगडा चुलीमा पुगेको छ । लोक मरिरहेका छन्, लोकमृत्यु माथि सत्ता राजनीति चलिरहेको छ ।
यस्तो राजनीतिलाई राष्ट्रिय राजनीति भन्ने, लोकराजनीति मान्ने ? नेपालको सत्ता राजनीति देखेर लज्जा पनि लज्जित छ ।
कोरोना पीडितको उपचारका लागि क्रिकेट खेलाडी सचिन तेन्दुलकरले एक करोड दिएका छन् । फिल्मी कलाकारहरू पार्कमा, खुला ठाउँमा कसैले २० बेडको, कसैले १० बेडको अस्थायी कोरोना अस्पताल बनाइदिएका छन् भने कसैले अक्सिजन, कसैले उपचार सामग्री, कसैले औषधिका लागि सहयोग गरिरहेका छन् । विदेशमा रहेका भारतीयहरूले सक्नेजति सहयोग पठाइरहेका छन् । भारतीय एक छन् यतिबेला ।
हरेक भारतीयले भारतप्रतिको माया प्रकट गरिरहेका छन् ।
नेपालीलाई नेपालको माया छैन ? राष्ट्रलाई माया गर्ने यस्तै आपातकालमा हो । मान्छे धर्म गर्न चारधाम जान्छन्, बृद्धाश्रम बनाउँछन्, बाल–महिला हेरचाह केन्द्र खोल्छन् । यतिबेला नेपाल महाविपतमा छ । यो विपतमा जसले जे जति सक्छ, योगदान दिएर संचेतना जगाउँ, उपचारको व्यवस्था मिलाउँ, अक्सिजन र खोपको आपूर्तिमा सघाउँ । राज्य असफल भयो । पद्धति असफल भयो । संविधान र जनप्रतिनिधि असफल भए । उद्यमी–व्यापारी, धनाध्येले सहयोगी हात बढाएनन् । फलतः नेपाली श्वास नपाएर, निसास्सिएर मरिहेका छन् । योभन्दा महाविपत अरू के हुनसक्छ ? नेपालीले हरेक नचाहिने कुरा भारतबाट सिकिरहेका छन् । मेरा भारत महान भन्ने भारतीय र भारतलाई पर्दा अगाडि सर्ने भारतीय आनीबानी देखेका नेपालीले नेपाल महान छ, मेरो देश नेपाल, म नेपाली हुँ भन्न कहिले सिकेनन् । देशले मलाई के दियो भन्ने गुनासो धेरै नेपालीको छ । देशलाई मैले के दिएँ ? भन्ने आत्मसमीक्षा नेपालीले कहिले गरेनन् । त्यसैले राजनीति व्यवसाय बन्न पुग्यो, यो राजनीतिक व्यवसायले सिङ्गो मुलुकलाई अमानवीय बनाइदियो । नेपाल अमानवीय स्थल बनेको छ ।
भ¥याङ्मुनी बोरामा नोट थुपार्ने छन्, स्वीस वैंकमा पैसा राख्ने छन्, अर्वपतिमात्र होइन, विश्वकै धनीमध्येका नेपालीहरू पनि छन् । तिनले ७ प्रदेशमा सातथान कोरोनाको अस्पताल खडा गर्न नसक्ने होइनन् । मुख्य सवाल मान्छेभित्र सेवाको इच्छाशक्ति जागृत हुनुप¥यो । म पनि मर्छु भन्ने चेत आउनुप¥यो । राजनीतिमा सेवााभव छैन, सत्ता र कमिशनको किरा खेलिरहेको छ । प्रशासनमा कर्तव्याव छैन, भ्रष्टाचार छ । नेताहरूका दिमागमा दलालीको फोहर भरिएको छ । साधनस्रोत छ, मन मरेकाहरूको बस्ती बन्यो नेपाल । दिनमा १० अर्वको शेयर कारोवार हुने देश कसरी गरीव हुनसक्छ ? गरीवी विचारमा छ, राजनीति र राज्यनीतिप्रतिको अविश्वासमा छ । राजनीति र राज्यनीति गलत भएकाले आमनागरिकले अक्सिजन र अस्पताल देख्न नपाएर मर्नुपर्ने लोकतन्त्र नेपाल सुहाउँदो छैन भन्ने यिनैले प्रमाणित गरिदिएका छन् ।