Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

यस्तो मानवीयता नेपालमा खोई ?

२० सोमबार , बैशाख २०७८३ बर्ष अगाडि

भारतमा रिलायन्स फाउण्डेसन र नीता अम्वानीले हजार बेड कोरोना संक्रमितको निशुल्क उपचारका लागि योगदान दिएकी छिन् । टाइम्सका अनुसार भारतका विभिन्न भागमा यसखालको सहयोग गरेपछि अन्य भारतीयहरूले पनि कोरोना संक्रमणलाई राष्ट्रिय मुद्दा मानेर सहयोगी हात बढाइरहेका छन् ।
रिलायनस फाउण्डेसनले १८ सय ७५ बेड र निशुल्क उपचार सुविधा उपलव्ध गराएको समाचार छ । विभिन्न क्षेत्रमा उपलव्ध गराएका यी बेडहरूमा अक्सिजन, उपचार सामग्री औषधिको प्रवन्धसमेत मिलाइएको छ ।
हप्ता दिनमा स्थापित यी कोरोना उपचार व्यवस्थाका सबै खर्च, सुविधा आफैले बेहोर्ने र थप सुविधाका लागि समेत नीता अम्बानीले हात खोलेकी छिन् ।
नीता अम्बानी भन्छिन्–"India is facing an unprecedented challenge due to the second wave of Covid.  We are focused on doing as much as we can to enable India and Indians in our fight against Covid.  One of the critical elements in this battle is to augment healthcare facilities very quickly, which is the need of the hour. We hope our efforts will provide additional strength in the nation's fight against the pandemic and save many more lives."
यो हो उद्यमी, व्यापारी, फाउण्डेसन चलाउनेहरूको राष्ट्रिय दायित्वप्रतिको जवाफदेहीता । जहाँ जे गर्न सक्छौं गर्छौं, उनले भनेकी छिन् ।
नेपालमा धनाध्येहरूको कमी छैन । स्वीस वैंकमा पैसा थुपार्ने, व्यापारी र उद्यमीहरूका अनेक संगठन छन् । नेताहरूले फाउण्डेशन चलाएका छन् । संक्रमितहरू अक्सिजन र उपचार नपाएर मरिरहेका खबर सार्वजनिक हुँदा पनि  कसैले यसरी कोरोना पीडितका लागि उपचारमा योगदान दिएका छैनन् ।