Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

जनगणना गर्ने कि कोरोना रोक्ने ?

२० सोमबार , बैशाख २०७८३ बर्ष अगाडि

काठमाडौं । घरैमा बस्ने, मास्क लगाउने, पटक पटक हात धुने भनेर सरकार प्रचार गरिरहेको छ । कोरोना संक्रमित बढिरहेका छन्, मृत्युदर बढिरहेको छ । यो अवस्था भनेको स्वास्थ्य आपातकाल नै हो । यस्तो आपातकालमा जनगणना कसरी सम्भव हुन्छ र सरकार जनगणना जनगणना भनिरहेको छ ।
जनगणना हुन्छ भने पनि गणकहरू घरघरमा जाने अवस्था छैन । यसकारण पनि जनगणना गर्ने कि कोरोनासँग जुध्ने भन्ने प्रश्न छ । पहिले कोरोनालाई परास्त गरौं, अनि जनगणना गरे हुन्छ । सरकार किन अनिर्णयको बन्दी भइरहेछ ?
२०५८ र ६८ मा सहज हुँदा पनि कतिपय भूभागमा अनुमानित विवरणका जनगणना गरियो । जसको परिणाम देशले सही तथ्याङ्क पाउन सकेन ।
अहिले नेपालको नक्सामा भए पनि लिपुलेक, कालापानी, लिम्पियाधुरामा भारतीय शासन चलिरहेको छ, भारतको अधीनमा रहेका नेपाली भूभागमा जनगणना गर्न जाने हिम्मत सरकारमा छैन । भारत कोरोनाको डढेलोमा सल्किरहेको छ, कूटनीतिक वार्ता हुने अवस्थासमेत छैन ।
यो अवस्थामा उही अनुमानित जनगणना हुने हो, जुन हावादारी हुनेछ ।
२९ भन्दा बढी जिल्ला निषेधित घोषणा भइसकेका छन् । यो अवस्थामा पनि जनगणना गर्ने तैयारीमा केन्द्रीय तथ्याङ्क विभाग लागेको छ । यसको अर्थ जनगणनाका नाममा गरिने भ्रष्टाचार नै हो । जुन जनगणनाले सही तथ्य ल्याउन सकिदैन, त्यस्तो काममा लाग्नु भनेकै बजेटको चलखेल गर्न हो । वैशाख २६ देखि जेठ १४ सम्म घरघरमा सूचिकरण र जेठ २५ देखि असार ८ सम्म जनगणना, यो भ्रष्टाचारी खेलोमात्र हो । यस्तो पनि लोकसरकार हुन्छ ?