Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

कोरोनाले थलिदा पनि नेताहरुले सोधखोज गरेनन्

१३ सोमबार , बैशाख २०७८४ बर्ष अगाडि

काठमाडौं  । चैत २६ गते हरिद्वारमा कुम्भमेला भर्न जानु भएका पूर्वराजारानी वैशाख ५ गते फर्कनु भयो । फर्कनासाथ गरिएको पिसिआर टेस्टमा कोरोना देखिएपछि घरमै आइसोलेसनमा बसे पनि स्वास्थ्यमा खरावी देखिएपछि वैशाख ११ गते नर्भिक अस्पतालमा भर्ना हुनुभएको हो । छोरी प्रेरणामा पनि समस्या देखिएपछि उहाँ पनि भर्ना हुनुभएको हो ।
कोभिड–१९ संक्रमित पूर्वराजा–रानी, अधिराजकुमारीको स्वास्थ्य अवस्थामा सुधार आएको अस्पतालस्रोतले बताएको छ । रूघाखोकी बढेर अक्सिजन दिनुपर्ने अवस्था आएको थियो । पूर्वराजाका संवाद सचिव डा.फणिराज पाठकका अनुसार अस्पतालमा हेरचाह राम्रो हुने भएकाले अस्पताल भर्ना हुनुभएको हो, स्वास्थ्यस्थिति सामान्य हुँदै गएको छ ।
लोकतन्त्र दिवसकै दिन पूर्वराजारानी, अधिराजकुमारी कोभिड १९ बाट संक्रमित भएर अस्पताल भर्ना हुनु भए पनि लोकतान्त्रिक नेताहरूले सार्वजनिक रूपमा स्वास्थ्य स्थिति बुझेको, स्वास्थ्यलाभको कामना गरेको सुनिएन ।
लोकतन्त्र भनेको सभ्य समाजको उच्चतम नैतिकता रहने व्यवस्था मानिन्छ । देशका पूर्वराष्ट्राध्यक्ष, नेपाल निर्माताका सन्ततीलाई २०६३ सालदेखि २०६५ सालसम्म अपमानित राजाका रूपमा व्यवहार गरियो र जुन राजासँग शपथ खाएका थिए त्यही राजाको अधिकार खोसेर प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले कार्यवाहक राष्ट्राध्यक्षको अधिकारसमेत प्रयोग गरेका थिए । २०६५ साल जेठ १५ गते गणतन्त्र कार्यान्वयन गरियो । गणतन्त्र कार्यान्वयन गर्ने प्रस्ताव चुनाव हरूवा कृष्णप्रसाद सिटौलालाई राख्न लगाइयो भने सभाध्यक्ष बनेका कूलबहादुर गुरूङका अनुसार टार्नै नसकिने दबाब आएपछि मैले त्यो प्रस्ताव राख्न अनुमति दिएको थिएँ  । त्यो टार्नै नसकिने दबाब कहाँबाट, कसको आएको थियो, अहिलेसम्म रहस्य नै छ । त्यसपछि नागार्जुन जंगलवास गएका पूर्वराज परिवार आजसम्म अपमानित छ ।
पूर्वराजालाई, बुढी आमालाई अपमानित गर्ने कार्य आज पनि कायमै छ । यो कस्तो संवेदनहीन राजनीति हो, जसले पूर्वराष्ट्राध्यक्ष परिवार अस्पताल भर्ना हुँदासमेत सोधखोज गर्दैन ? राजनीतिमा कोही शत्रु र मित्रु हुन्न भनिन्छ, लोकतन्त्रका नेताहरू पूर्वराजामाथि अहिले पनि निषेध र विभेदमात्र होइन, शत्रुतापूर्ण व्यवहार गरिरहेका छन् ।
राजनीति उदार हुनुपर्छ । नागरिकको जीवनयापन गरिरहनु भएका र संविधानको कुनै सीमा पनि ननाघेका पूर्वराजामाथि यति लामो समयसम्म अछुतको व्यवहार किन ? सरल र शालीन पूर्वराष्ट्राध्यक्षमाथि यस्तो दुव्र्यवहार गर्नेहरूले जनतामाथि कस्तो व्यवहार गरेका होलान् ? यद्यपि आमनागरिक राजपरिवारको स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।