Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

वीरेन्द्रकै नाममा अस्पताल बन्नेभो

१३ सोमबार , बैशाख २०७८४ बर्ष अगाडि

काठमाडौं । भर्खर भर्खर लोकतन्त्र आएका बेलामा राजसंस्था जोडिएका शब्दहरू हटाउने काम गरियो । विश्वविद्यालयको नाम, प्रमाणपत्र र आफ्नै बाबुआमा र परिवारजनको नाम राजाहरूसँग मिल्न गएपछि तिनको टाउको कसरी काट्ने भन्ने समस्या परेपछि त्यो कार्य रोकिएको थियो । अव समय आएछ, वीरेन्द्रकै नाममा अस्पताल बनाउने । सेनाले यो कार्यको जिम्मेवारी लिएपछि राजसंस्थाप्रति नकारात्मक भाव राख्नेहरू तैं चूप मै चूप भएका छन् ।
सेनाले छाउनीमा वीरेन्द्र अस्पताल बनाउने योजना बनाएपछि प्रधानमन्त्रीले यो अस्पताल भवनको शिलान्यास गर्नुभएको छ ।
वीरेन्द्र अस्पताल भवनमा नेपाल सरकार र सेनाको सैनिक कल्याणकारी कोषको रकम खर्च हुनेछ । यो अस्पताल ७ सय ५० शैया क्षमताको हुनेछ । यस अवसरमा प्रम केपी ओलीले शिलालेखको अनावरण तथा निर्माण हुने अस्पतालको गुरूयोजनाको अवलोकनपछि बोल्दै नेपाली सेनालाई यस महत्वपूर्ण काममा सफलता मिलोस् भन्नुभयो । उहाँले ‘समृद्ध नेपाल सुखी नेपाली’को उद्घोषका साथ सरकार राष्ट्रिय आकांक्षा पूरा गर्न कटिवद्ध रहेको जनाउ दिन भुल्नुभएन ।
अत्याधुनिक अस्पतालबारे दिइएको जानकारीमा ५०० जना घाइते तथा बिरामीको उपचार गर्ने क्षमता रहेको र पूर्ण रूपमा संचालनमा आए पश्चात् नेपालकै नमुना अस्पतालको रूपमा कार्य संचालन गरी रिसर्च लगायत अन्य ३० प्रकारका मेडिकल सेवाहरू प्रदान गर्ने र विपदको अवस्थामा ६००० जना सम्मलाई उपचार गर्ने क्षमता छ । २०७ रोपनी जग्गामा निर्माण हुने उक्त अस्पतालमा अबको ७ वर्षमा सेवा शुरू हुने र १० वर्षभित्र पूर्ण रूपमा संचालन हुने योजना रहेको नेपाली सेनाले जानकारी दिएको छ ।