Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

यो मित्रताको उपयोग किन भएन ?

१३ सोमबार , बैशाख २०७८४ बर्ष अगाडि

काठमाडौं । भारत कोरोना महामारीको सुनामीबाट थिलथिलो भइरहेको छ । दिनदिनै कोरोना भाइरसको संक्रमण यसरी बढेको छ कि यत्र तत्र सर्वत्र लाशै लाश देखिन थालेको छ । अक्शिजनको अभावमा, औषधिको अभावमा भारत आफै थला परेको छ । मानवीय संकटमा फसेको भारतलाई नेपालले सौहाद्रतासमेत प्रकट गरिरहेको छैन । त्यही भारतबाट सहयोग माग्नु, सहयोगको अपेक्षा गर्नु नेपालका लागि कति उचित हुनसक्छ ?
चीनले ८ लाख भ्याक्सिन दियो, निकै अप्ठेरो मानेर नेपाल ल्याइयो र उपयोग गरिदैछ । चीन नेपालले भन्छ भने खोप दिन तैयार छ, रूस पनि खोप दिन तैयार नै रहेको अवस्थामा नेपाल अझै पनि भारतबाट खोप आयात गर्ने योजनामा रहेको छ । यो आपतको बेलामा, फेरि लकडाउनमा जानुपर्ने बाध्यात्मक स्थिति आइसकेको समयमा भारततिरै ढल्कनुपर्ने कारण के छ ? भारतले खोप निर्यातमा रोक लगाएको छ, शुल्क बुझाइसकेको खोप पनि दिइरहेको छैन । सके भारतलाई सहयोग गरौं, अप्ठेरोमा नपारौं र जहाँबाट ल्याउन सकिन्छ, खोप र औषधिमूलोको जोहो गरौं । अस्थायी अस्पताल र अक्सिजनको बन्दोबस्त मिलाऔं । कोरोना संक्रमित र मृत्युदर बढ्दो छ, नागरिकको जीवनमाथि खेलवाड नगरौं । यो समय बाँच्ने र बचाउने समय हो भनेर बुझौं ।