Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

जनताले खोजे सुखको तीर्थेभोज

०६ सोमबार , बैशाख २०७८४ बर्ष अगाडि

काठमाडौं । पूर्वराजा कुम्भमेला भरेर वैशाख ५ गते घर फिरे । उहाँलाई आमनागरिक र राजसंस्थावादीले कोरोनाको महामारीको समेत बेवास्ता गरेर ‘राजा आऊ देश बचाउ, हाम्रो राजा हाम्रो देश भन्ने गगनभेदी नारा लगाएर स्वागत गरेको दृश्यले शान्ति र सुखको तीर्थेभोजको आशा राखेको देखियो ।
हरिद्वार कुम्भमेलामा हाकुम्भ मेला आयोजक समितिका निरञ्जन पीठाधीश्वर आचार्य महामण्डलेश्वर स्वामी कैलाशानन्द गिरीले हिन्दू सम्राटको हैसियतमा सहभागी हुन २०७७ साल चैत १० गते निम्तो पठाएका थिए । सोही पत्रका मान राख्दै पूर्वराजा चैत २६ गते हरिद्वार प्रस्थान गर्नुभएको थियो ।
२७ गतेसम्म दिल्लीमै बसेर केही विशेष भेटघाट गरेपछि २८ गते हरिद्वारा पुग्नुभयो, जहाँ विशेष पूजापाठ, गुरूहरूसँग सत्संग, शाही स्नान, पतञ्जली योगपीठ पुगेर बाबा रामदेवसँग ध्यान, योग र आयुर्वेदको महत्वबारे छलफल गर्नुभएको थियो । त्यहाँ हिन्दु गुरूहरूले अभिनन्दन पनि गरेका थिए । १ गतेदेखि ४ गतेसम्म अनेक भेटवार्ता र कोरोना परीक्षण गरेर ५ गते फर्कनु भएको हो ।