Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

राजाको प्रतिक्षामा मालिनी ः सलहेश फुल्यो

०६ सोमबार , बैशाख २०७८४ बर्ष अगाडि

काठमाडौं  । २०७८ साल वैशाख १ गते सिरहाको लहानको ९ बिघामा फैलिएको फूलवारीमा सलहेस फूल फुल्यो र त्यसैदिन झ¥यो पनि ।
यो फूलवारीमा मेला भर्न ठूलै जमघट भयो र जात्रा सम्पन्न भयो । कोरोनाका कारण यसवर्ष भारतीयहरू चाहिं सलहेश फूलवारीमा आउन पाएनन् ।
भनिन्छ, १४औं शताब्दीका राजा सलहेसको सम्झनामा सलहेशको शौर्य, पराक्रम, वीरता, साहस र प्रेमसँग गाँसिएका गाथाको सम्झनास्वरूप यो बगैंचामा हरेक वैशाख १ गते मेला लाग्छ ।
हारमको रूखमा सेता मालाआकारका फूल फुल्छन् । एकदिनका लागि फूल फुल्ने र भोलिपल्ट फरिसक्ने फूल हेर्न र प्रेमपूर्ण जीवनका लागि मेला लाग्ने गर्छ ।
त्यतिबेला राजा सलहेश र मालिनीबीच गहिरो प्रेम थियो । त्यही प्रेमको प्रतीकका रूपमा फूलबारीमा राजा सलहेस र मालिनीको छुट्टा–छुट्टै मन्दिर छ । पूजारी नागेश्वर सिंह धामी भन्छन्–  मन्दिर पछाडी इनार र बालीगंगा नदी बग्ने गरेको छ । बालीगंगा नदी कहिल्यै सुक्दैन । वैशाख १ गतेका दिन यो नदीमा हजारौं श्रद्धालु स्नान गरेर पवित्र हुनेगर्छन् ।
पुजारी सिंहका अनुसार सलहेश एकै दिनमा मानिक दहमा नुहाउने, फूलबारीमा फूल टिप्ने, सिलहट अखाडामा कुस्ती खेल्ने, कुलदेवीको पूजा गर्ने तथा जनताको पीरमार्का सुन्ने गर्दथे । मेला भर्न आउनेहरू सलहेश गहबरमा पूजापाठ गरेर भाकल गर्दा मनोकामना पुरा हुने जनविश्वास रहेको छ । आफ्नो मनकामना पूरा होस् भनेर मानिसहरू भाकल गर्ने गर्छन् र नयाँवर्षका दिन आउने गर्छन् ।
राजा सलहेशसँग विवाह गर्न नपाएकी मालिनी हरेक वर्ष यहाँ आएर माला आकारमा कुर्ने गरेको किम्बदन्ती छ ।