Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

भारतका कारण नेपाल छायाँमा

०६ सोमबार , बैशाख २०७८४ बर्ष अगाडि

काठमाडौं । २ दिनपछि अर्थात अप्रिल २२ र २३ मा जलवायु परिवर्तनबारे अमेरिकाले शिखर सम्मेलन गर्दैछ तर अझै नेपालले निम्तो पाएको छैन । सगरमाथादेखि ठूला ठूला हिमाल र पहाडको मुलुक नेपाललाई ४० राष्ट्र सम्मिलित हुने महत्वपूर्ण भेलामा  किन निम्तो नदिएको होला ?
हिमाली र पहाडी मुलुक जलवायु समस्या र समाधानबाट कसरी बिमुख हुनसक्छ । साह्रै काविल भनेर राजदूत बनाएर पठाइएका युवराज खतिवडा वाशिङ्टनमा भोज खाएरमात्र बसेका हुन्, वाणिज्यदूत तथा अन्य प्रतिनिधिहरू हावा खाएर बसेका हुन् भने तिनलाई तत्काल बर्खास्त किन नगर्ने ? राष्ट्रको प्रतिनिधित्व गर्न नसक्नेहरूलाई नेपालको मान, सम्मान र पद दिइरहनुपर्ने कारण खोजिनुपर्छ, काविललाई पठाइनुपर्छ ।
भारत, बंगलादेश र भुटान अमेरिकी निम्तोमा पर्ने, नेपाल नपर्ने ? भारत भएपछि नेपाललाई बोलाउन पर्दैन भनेर नबोलाएको भनिदैछ, के हो यो ?