Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

मूर्ति फर्काइदिने अमेरिका, धन्यवाद

२३ सोमबार , चैत्र २०७७४ बर्ष अगाडि

काठमाडौं । चोरी निकासी भएका नेपालका पुराना मूर्ति, कलाकृतिहरू धमाधम नेपाल फर्किन थालेका छन् । यस सम्बन्धमा अमेरिकी दूतावासले भनेको छ– नेपालका थप कलाकृतिहरू घर फर्किने क्रममा रहेकोमा हामी अत्यन्तै हर्षित छौं । न्यूयोर्कमा आयोजित एक समारोहमा न्यूयोर्कस्थित जिल्ला वकीलको कार्यालयका प्रतिनिधिहरूले नेपाली कन्सुलेटका प्रतिनिधिहरूलाई १५–१६ औं शताब्दीको गणेश, १४–१५औं शताब्दीको बुद्ध, र तेह्रौं शताब्दीको अप्सराको प्रतीक हस्तान्तरण गर्नुभयो । गएको महिना पाटनको लक्ष्मी–नारायणको मूर्ति हस्तान्तरण गर्नेक्रममा राजदूत बेरीले भन्नुभएको थियो– ‘अब अमेरिकाले नेपालसँग अन्य कलाकृतिहरू, जुन नेपालको संस्कृति, परम्परा र ईतिहासको लागि अत्यन्तै महत्वपूर्ण छन्, लाई पनि फर्काउनको लागि पहल गर्नेछ ।’ दुई देशबिचको घनिष्ठ मित्रताको लागि यो एकदमै उत्साही क्षण हो ।
नेपाल–अमेरिका मित्रताका लागि यस्ता घटनाले अझ उत्साह थप्नेछ ।