Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

मेलम्ची आयो, सूत्रधारको उपेक्षा

२३ सोमबार , चैत्र २०७७४ बर्ष अगाडि

काठमाडौं । मेलम्ची आयो, जस लिने होडबाजीमा छन् नेताहरू । यथार्थमा २०३८ सालमा मेलम्चीको सपना देख्ने राजा वीरेन्द्र थिए । मेलम्चीको सर्भे गराउने राजा वीरेन्द्र थिए । २०४६ सालमा बहुदल घोषणा गर्ने राजा संवैधानिक भएपछिका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले भनेका थिए– कांग्रेसले चुनाव जित्यो भने मेलम्चीको पानीले राजधानीलाई दिनको ३ पल्ट धोइदिन्छौं । २०३८ सालमा राजा वीरेन्द्रले देखेको सपना २०७७ सालमा बल्ल पूरा भयो । मेलम्ची काठमाडौंमा झ¥यो, पानी वितरण प्रक्रिया सुरू भयो ।
तर सत्यमाथि पर्दा हालेर एमाले आफै जस लिन खोजिरहेको छ, कांग्रेस कृष्णप्रसाद भट्टराईलाई जस दिन थालेको छ । माओवादी केन्द्र प्रचण्डकी बुहारी बिना मगरको प्रयासले मेलम्ची आएको भनिरहेको छ ।
मेलम्ची आयो, अव याङ्ग्री र लार्के खोलालाई पनि काठमाडौंमा ल्याउने सपना ओली सरकारले देखेको छ । यो खुशीको कुरा हो ।
मेलम्चीका लागि जसजसले योगदान दिए, तिनीहरू धन्यवादका पात्र छन् । जसजसले मेलम्चीलाई दुहुनो गाई बनाएर लुट्नु लुटे, तिनीहरूको जति आलोचना गरे पनि कमै हुन्छ ।
मेलम्ची योजना पूरा गर्न बहुदलपछिका शासक, प्रशासकहरू भ्रष्ट हुन् । अनैतिक हुन् । यस्तो कछुवा गतिले देश न सिंगापुर बन्छ, न स्विजरलेण्ड । यति ठूलो भ्रष्टाचारको पोखरीमा पौडी खेल्नेहरूलाई माफी दिएर सहन सहन सक्ने जनता विश्वमै नेपालीमात्र होलान् । अझै तिनैलाई भोट दिएर जिताउने पनि नेपाली नै होलान् । कति सहनशील छन् नेपालीहरू ?