Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

अदालत नेताले नै चलाएका हुन् त ?

२३ सोमबार , चैत्र २०७७४ बर्ष अगाडि

काठमाडौं । ‘हाम्रो कताकता जेसुकै भनौं हामी स्वतन्त्र भन्छौं, तर केही न केही रूपबाट हामी आफै पनि स्वयं जानीजानी परतन्त्र बन्ने न्यायाधीशहरूकै भूमिका हुन्छ । ..मेरै पालामा मैले निकै हङ्गामा व्यहोर्नुपरेको थियो ।’ यो टिप्पणी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको हो । उहाँले न्यायाधीशहरूमा बिदा माग्ने र बाहिर गएर षड्यन्त्र गर्ने प्रवृति रहेको पनि बताउनु भयो । उहाँले ‘स्वतन्त्र न्यायपालिका भनिए पनि आफै परतन्त्र हुन जाने र नेताका बैठकमा गई सल्लाह गरेर अदालत चलाउन जाने प्रवृत्ति छ ।’ उहाँले न्यायाधीश नियुक्तीमा भागबण्डा हुने प्रचलन रहेको पनि आरोप लगाउनु भएको छ ।
उहाँका पालामा ८० न्यायाधीश भागबण्डामै नियुक्त भएका थिए । प्रचण्ड–माधवको पक्षमा संसद पुनस्र्थापना हुनुपर्छ भन्ने यिनै ४ प्रधानन्यायाधीश हुनुहुन्थ्यो ।