Advertisement Banner
Advertisement Banner

१८ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

नेपाल–भारत नमूना सैनिक सम्वन्ध

१६ सोमबार , चैत्र २०७७५ बर्ष अगाडि

काठमाडौं । नेपाली सेनालाई भारतीय सेनाले एक लाख डोज कोरोना खोप उपलब्ध गराएको छ । चैत १५ गते यो खोप नेपाल आएको छ । यो त्यही खोप हो, जुन खोप नेपाललाई भारतले १० लाख डोज दिएको थियो, नेपालले खरिद गरेको २० लाखमा १० लाख पठाएपछि १० लाख डोज आउने बेलामा भारत सरकारले आफैलाई चाहिने भनेर निर्यातमा अस्थायी प्र्रतिवन्ध लगाएको छ । जसका कारणले नेपालमा खोप अभियान नै अभरमा पर्न पुगेको अवस्था छ ।
सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप आइतवार आएको हो, सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले बताउनु भएको छ । प्राथमिकता क्रम निर्धारण गरेर लगाइने र आश्रित परिवारलाई पनि दिइने उहाँले बताउनु भयो ।