Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

लोकतन्त्रको नेता

१६ सोमबार , चैत्र २०७७४ बर्ष अगाडि

लोकतन्त्रको नेता कस्तो ? रेशम चौधरीजस्तो ।
लोकतन्त्रका नेता कस्तो ? आफताव आलमजस्तो 

प्रचण्डको अगुवाईमा जेलबाट रेशम चौधरीलाई १९ पुस २०७५ मा संसद लगेर शपथ खुवाइएको थियो । थरूहट आन्दोलनकारीहरू यो मुद्दालाई जातीय विद्वष बढाउन चर्काइएको भन्छन्, विखण्डन ल्याउने, हतियार उठाउने समूहको मुद्दा फिर्ता गर्ने, रेशम चौधरीको मुद्दालाई झन् गहिरो बनाउने कार्यले सरकारको नश्लवादी चरित्र देखाउँछ । तर कानुनचीहरूका अनुसार यो गम्भीर मानव अपराधको मुद्दा हो । घटना भएका दिन रेशम र लक्ष्मण थारूहरू घटनास्थलमा थिएनन् तर प्रमाण भन्छ– उनीहरूले उक्साएर यो हत्याकाण्ड भएको हो । २०७४ फागुन १४ गते अदालतमा आत्मसमर्पण गरेदेखि रेशम चौधरी जेल जीवन बिताइरहेका छन् । जिल्ला अदालत कैलालीले २२ फागुन २०७५ मा रेशमसहित ११ जनालाई जन्मकैद र १२ जनालाई तीन÷तीन वर्षको कैद सजाय सुनाएको थियो । तीन जनाले सफाइ पनि पाए । जेलमा रहेका १२ जना रिहा भए । उच्च अदालतका अनुसार जन्मकैद सजाय पाउनेमा सांसद चौधरीसहित हरिनारायण चौधरी, प्रदीप चौधरी, वीरबहादुर चौधरी, राजेश चौधरी, सीताराम चौधरी र गंगाराम चौधरी छन् । अन्य चार जनालाई भने पाँच÷पाँच वर्षको कैद सुनाइयो । रेशम चौधरी एक दुधे वालकसहित ८ प्रहरी मारेको अभियोगमा रआलम इटाभट्टामा दर्जनौं मानिसलाई ज्यूँदै पोलेको आरोपमा जेलमा जन्मकैद भोगिरहेका छन् । यी दुबै वर्तमान सत्ता राजनीतिका ‘हिरो’ हुन् । एमाले र माओवादी केन्द्र दुबैलाई रेशम चौधरी नभइ भएको छैन । कांग्रेसलाई मो.आफताव आलमलाई फसाइएको लाग्छ ।
चर्चा बढी रेशम चौधरीको छ । कारण ३३ सिट भएको जसपाले ओली अथवा प्रचण्ड दुबैका सामु समर्थन चाहिन्छ भने रेशम चौधरीलाई रिहा गर भनेको छ । समस्या के छ भने आममाफी दिए राजनीति समाप्त हुन्छ, मुद्दा फिर्ता लिन मिल्दै मिल्दैन । जसपा नभए न ओलीको सत्ता सुरक्षित छ, न प्रचण्ड, कांग्रेस, जसपाको सरकार बन्छ, दुबै समूहलाई जसपाको समर्थन अनिवार्य बनेको छ । यहीकारण माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।
अदालतले नेकपा खारेज गरिदिएपछि एमाले र माओवादी केन्द्र बनेका ओली र प्रचण्ड यो माखेसांग्लोमा फसेका हुन् । चौथो शक्ति रहेको जसपा यतिबेला सत्ता राजनीतिको तुरूप बनेको छ ।्
जसपाभित्र डा.बाबुराम भट्टराई र उपेन्द्र यादव प्रचण्डतिर र महन्थ ठाकुर र राजेन्द्र महतो ओलीतिर छन् । जसपाभित्र ठाकुर र महतोको पलडा भारी छ । यहीकारण प्रचण्डले ठाकुरलाई प्रधानमन्त्रीका लागि प्रस्तावसमेत गरेका छन् । ओलीलाई सत्ताबाट फाल्न प्रचण्ड इखमा विष पिउने राजनीति गर्न अग्रसर छन् भने वाम राजनीतिमा नैतिकताको ह्रास आएको छ ।
यो सबै बुझेको जसपाले रेशम चौधरी र अन्य जेलरहेका साथीहरूको रिहाइ पहिलो शर्त भनिरहेको छ । कैलाली १ का जनता पनि सांसद रेशम चौधरीको रिहाइ हुनुपर्ने माँग गरिरहेका छन् । उनीहरू भनिरहेका छन् ‘उहाँहरूलाई जेलमा राखेर टीकापुरमा शान्ति कायम हुँदैन। सरकारले टीकापुर मुद्दा खारेज गरेर थारू र पहाडीबीच सद्भाव कायम हुने वातावरण बनाउनुपर्छ । रेशम चौधरीको मुद्दा राजनीतिक मुद्दा हो । थारूहरूले अधिकार प्राप्तिका लागि गरेको आन्दोलनको क्रममा भएको एक दुर्घटना भएकाले टीकापुर मुद्दालाई खारेज गरिनुपर्छ ।’ २०७२ भदौ ७ गते हिंसा भड्किदा एसएसपी) लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र एक नाबालक मारिएको घटना हो यो । ०७४ मंसीरमा भएको प्रतिनिधि सभा निर्वाचनमा कैलाली–१ मा रेशम चौधरीले चुनाव जितेका थिए ।

राजनीति कता जान्छ ? जे पनि हुनसक्छ भनिदैछ ।