Advertisement Banner
Advertisement Banner

१३ बिहिबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

महामहिमज्यू के चाहन्छ नेपाल अमेरिकासँग ?

०९ सोमबार , चैत्र २०७७६ बर्ष अगाडि

Ambassador Randy Berry  @USAmbNepal
पिसकोर नेपालका स्वयंसेवकहरूको तस्वीर हेर्दा लाग्छ कि वहाँहरूले नेपालको विविधतापूर्ण संस्कृति र जीवन शैलीबाट आफू खुशी हुने र अरूलाई पनि खुशी बनाउने गर्नुहुन्छ । म सजिलै बुझ्नसक्छु किनकी मैंले कूटनीतिक जीवनमा भेटेकामध्ये नेपालीहरू सवैभन्दा आत्मीयमध्ये एक पाएको छु ।
निरन्तर आत्मीयताका लागि धन्यवाद अमेरिकालाई । सायद, महामहिमज्यू नेपाली बालबालिकाको मुहारमा नेपालको भविष्य नियालेर मुस्कुराइरहनु भएको छ ।
दक्षिण एसियालीमा सबैभन्दा बढी खुशी हुने देश भए पनि नेपालको वर्तमान राजनीति र जनजीवन दुःखदायी छ । विश्वको नेतृत्व गर्ने अमेरिकाको आइपीएस र एमसीसीले ठूलै भूकम्प, तरंग ल्याएको छ ।
यथार्थ हो, प्रचण्ड, माधव नेपाल, भीम रावल, शेरवहादुर देउवा, केपी ओली कोही पनि एमसीसीको विरोधी छैनन्, सबैका हात अमेरिकी यो सहयोगमा मुछिएका छन् तर यी सबै एमसीसीलाई राजनीतिकरण गरेर आफूलाई खाँटी राष्ट्रवादी देखाइरहेका छन् ।
शिक्षा, स्वास्थ्य, सुरक्षा, विकासमा सघाइरहेको अमेरिका र राजदूतज्यू, नेपालका ‘यी भविष्य’लाई सुखद देख्न चाहनुहुन्छ भने एमसीसी वर्तमान नेपालका लागि विकासको मार्गका रूपमा सहजीकरण गरिदिनुहोस् ।