Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

राजतन्त्रका लागि थापा र चन्द

०९ सोमबार , चैत्र २०७७४ बर्ष अगाडि

काठमाडौं । राजतन्त्र र हिन्दुराष्ट्रका लागि सबै दल र सबै संघसंस्थाबीच छलफल चलाउने बेला भयो, छलफल चलाउनु पर्छ भन्ने विषयमा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र राप्रपा अध्यक्ष कमल थापाले एउटै मञ्चमा बोल्नुभयो ।
राप्रपा निकट ट्रेड युनियन महासङ्घ नेपाल (टुकोन)को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा चन्दले भन्नुभयो– हिन्दु राष्ट्र र राजसंस्था नेपालको लागि अपरिहार्य छ । पुनस्र्थापनाका लागि छलफल चलाउनु पर्छ । यसका लागि सङ्गठित, असङ्गठित श्रमिकहरूलाई समेत समेट्न जरूरी छ ।
यही मञ्चमा राप्रपा अध्यक्ष कमल थापा आक्रामक रूपमा प्रस्तुत हुँदै भन्नुभयो– उद्योगहरूलाई कौडीको मूल्यमा बिक्री गरेर ठूलो भ्रष्टाचार भएको छ । कम्युनिष्ट र कांग्रेसको अदूरदर्शी आर्थिक नीतिका कारण मुलुकलाई गम्भीर अवस्थामा पु¥याइएको दाबी उहाँको थियो । अबको विकल्प भनेको एक मात्र पार्टी राप्रपा हो । राप्रपाले अङ्गीकार गरेका विचारलाई आम नेपालीको घरदैलोसम्म पु¥याएर पार्टीलाई अग्रणी शक्ति बनाउने अभियानमा लाग्न नेता तथा कार्यकर्ताहरूलाई अध्यक्ष थापाले निर्देशन दिनुभयो । रोजगारीको प्रचुर सम्भावना छ, तर युवाहरूलाई अरबको खाडी र मलेसियाको जङ्गलमा श्रमिकहरू निर्यात गर्ने अवस्था सृजना गरियो । यस्तो अवस्थाको अन्त्य गर्न उद्योग, कलकारखानाहरू खोल्नेतर्फ राज्यले दीर्घकालीन नीति ल्याएर कार्य सञ्चालन गर्नुपर्छ ।
२०४६ साल पछि नाफामा चलिरहेका ठूला उद्योगहरूलाई निजीकरणका नाममा भ्रष्टाचार गरेर कौडीको मूल्यमा बिक्री गरियो, श्रमिकहरूलाई विस्थापित बनाइयो, अब यस्तो अवस्थाको अन्त्य गर्न अहम् भूमिका निर्वाह गर्नुपर्छ । राप्रपाको अधिवेशन सफल पार्दै र राप्रपालाई अग्रणी शक्ति बनाउन लाग्नुपर्छ ।