Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

युरेनियम - अर्को खतराको घण्टी

०२ सोमबार , चैत्र २०७७४ बर्ष अगाडि

काठमाडौं । ५ अर्ब मूल्य पर्ने साँढे २ किलो युरेनियमसहित बौद्धबाट ४ जना पक्राउ परे । पक्राउ पर्नेमा रामेछापका ४० वर्षीय नारायणसिंह तामाङ, लिखु तामाकोशी गाउँपालिकाकी ४० वर्षीया जानुका तामाङ, रामेछापकै २० वर्षीया प्रकाश चौहान र सिन्धुलीका २० वर्षीय मनोज न्यौपाने रहेका छन् ।
यिनीहरू भरियामात्र हुन् भन्ने कुरा यिनलाई देख्ने वित्तिकै भन्न सकिन्छ । यिनीहरू युरेनियमको महत्वबारे जानेबुझेका जस्ता देखिदैनन् । प्रहरी अनुसन्धानरत छ र एक अधिकारी भन्छन्– नेपाल युरेनियमको ट्रान्जिट प्वाइन्टका रूपमा प्रयोग भएको हुनसक्छ । नास्टले परीक्षण गर्दा सक्कली युरेनियम नै भएको पुष्टि भएपछि सुरक्षा क्षेत्रमा तरङ्ग फैलिएको छ ।
यिनीहरूमाथि कारवाही होला, सवाल हो युरेनियमजस्तो आणविक कच्चा पदार्थ नेपालमा आयो कसरी ? ल्यायो कसले ? नेपालमा यो पहिलो घटना हो ।
प्रहरी अधिकारीका अनुसार वयानमा एक अभियुक्तले बताए– २० वर्ष अघि नै भारतको एक खानीबाट युरेयिनम ल्याएको हो । यो युरेनियम २३८ बाट २३५ बनाइन्छ र यति युरेनियमको शक्ति भनेको ३ लाख टन कोइलाबाट निस्कने उर्जा बराबर हुन्छ । युरेनियम सबैभन्दा मूल्यवान र आणविक हतियार निर्माण गर्न प्रयोग हुने पदार्थ भएकाले पनि यसैका कारण नेपाल चर्चामा आएको छ ।
नेपालमा अहिलेसम्म युरेनियम भएको पत्ता लागेको छ । अपर मुस्ताङ्मा युरेनियमको खानी खदान भइरहेको देखिन्छ । तर, उत्पादन भइसकेको छैन । अन्तर्राष्ट्रिय रूपमा नेपाल प्रतिवद्ध भएकाले यो युरेनियमबारे नेपालले जानकारी दिनेछ र यो कहाँबाट, कसले, कुन उद्देश्यका लागि कता लैजान ल्याएको भन्ने बारेमा विशेष अनुसन्धान हुनेछ । नेपालले पनि चनाखो भएर अनुसन्धान थालेको छ ।
लामो समय पोको पारेर राख्न नसकिने यो घटना खतराको संकेत हो ।