Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

विप्लव आए, के आयो खोई ?

०२ सोमबार , चैत्र २०७७४ बर्ष अगाडि

काठमाडौँ । कसैले सुरक्षित अनुभूति गर्ने स्थिति रहेन । हरेक घटनामा तरङ्ग छ । झुपडीमा, महलमा, सहरमा, गाउँमा पनि छ । एकपल्ट फेरि जनतालई नयाँ फैसला गर्ने वातवरण बनाउन जरूरी छ, के चाहन्छन् जनताले ? गम्भीरतापूर्वक छलफल गर्नैपर्छ, हामी सहकार्य गर्न तैयार छौं भन्दै विप्लव फागुन २१ गते प्रधानमन्त्रीसँग हातमा हात मिलाएर सार्वजनिक भएका हुन् ।
विप्लव आए, के आयो खोई ?
विप्लवजस्ता विद्रोही नेता आउँदा राजनीतिमा तरङ्ग आउनुपथ्र्यो, सीके राउतको जस्तो एकदिने तरङ्ग आएर विप्लवको उचाइ बढ्दैन ।
जनतालाई फैसला गर्न दिनका लागि, सुरक्षाको प्रत्याभूति गराउनका लागि शान्ति मार्गमा आएका विप्लव आएपछि केही त आउनै पर्छ ।
राजनीति अहिले पनि स्वदेशमा छैन, विदेशी चलखेल गरिरहेकै छन् । नेकपा तुहियो, एमाले र माओवादी केन्द्र भयो । नेपाली कांग्रेस, जसपा नयाँ गठबन्धन तैयार पार्न रातदिन एक गरिरहेका छन्, विदेशीहरू समेत राजनीतिभित्रको राजनीतिमा प्रवेश गरिसकेका छन् । गठबन्धनका अनेक प्रयासहरू भइरहेका छन् र प्रधानमन्त्री पद लिलाम हुनथालेका छ ।
को बन्छ नयाँ प्रधानमन्त्री ? कांग्रेस सभापति आफै प्रधानमन्त्री बन्न तम्सिएका छन्, जसपाका महन्थ ठाकुरलाई पनि प्रस्ताव गएको छ, केपी ओली आफै पदमा टिक्ने र चुनाव समेत गराएर बहुमतका साथ सिंहदरवार छिर्छु भनेर फुइँकी लगाइरहेका छन् ।
सत्ताका लागि हानाथाप गर्दा बहुमतको सरकारले संसद बिघटन गराइदियो । प्रतिफल नेकपाको एकीकरण नै समाप्त भयो । यसपछि पनि सत्ताको हानाथाप, बहुमत अल्पमतको खेल जारी छ । हर्स टे«डिङ, सांसद खरिद विक्रीका हाटबजार खुलेका छन् । यी सबैको नतिजा फेरि पनि संसद विघटनमै पुग्ने आँकलन हुन थालिसकेको छ । खोज्नेहरू प्रधानमन्त्री खोजिरहेका छन् र यसका लागि पारीबाट लाइन आउनैपर्ने स्थिति देखिदैछ । आफै जुट्न, फुट्न, उठ्न नसक्ने फोसिलहरूमा ढाडमा हाड देखिदैन । यहीकारण त देशलाई कसरी समृद्धि र शान्तिमा लैजाने अर्जुनदृष्टि नै छैन ।
यसैले अलिकति आशलाग्दा नेता हुन् विप्लव । विप्लवले जुन सन्देशका साथ सार्वजनिक भएका छन्, उनले केही गर्लान् कि भनेर धेरैले त्यता हेरेका हुन्, विप्लव भाषण त गरिरहेका छन्, भाषण गर्नेको कमी नभएकाले विप्लवले दिने आगामी मार्ग हेर्ने उत्सुकता बढी छ ।