Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

अर्को क्रान्ति कुण्ठामात्र होस्

०२ सोमबार , चैत्र २०७७४ बर्ष अगाडि

काठमाडौं । ओली र प्रचण्ड गुटको जुधाइ चलेकै छ, प्रचण्ड भन्नुहुन्छ– म त्यसै छोड्नेवाला छैन, एकचोटि फेरि क्रान्ति गर्छु । क्रान्ति किन र केका लागि गर्ने ? सत्ता कि लोकका लागि ? यो सवालको जवाफ खोजेका छन् विज्ञहरूले ?
जनयुद्ध भएकै हो, जनआन्दोलन पनि भयो र परिवर्तन आयो । परिवर्तन युद्ध र आन्दोलनमा होमिनेका लागि आयो कि आएन, यसबारे आत्ममिमांसा गर्नु पर्दैन ?
जनयुद्ध र जनआन्दोलन नेताका लागि आयो, लोकका लागि आएन भन्ने गुनासोको संवोधन गर्ने कि नगर्ने ? फेरि अर्को क्रान्ति गर्ने हो भने किन र कसका लागि ? यो स्पष्ट पार्नुपर्ला पहिले ? किनकि जनतामा नैराश्यता बढी छ, नेताप्रति अविश्वास बढेको छ ।
प्रचण्डले फेरि क्रान्तिको बाटो रोज्ने चेतावनी दिनुभयो । खाडीबाट जनसेना ल्याउन कुरा पनि गर्नुभयो । नेता नेपालमा मस्ती गर्ने, जनयुद्धकारी खाडीमा मर्नुपर्ने अवस्था किन आयो ? प्रचण्डले अहिले ६७ वर्षको भएँ । क्रान्ति गर्ने उमेर बाँकी नै छ । म त्यसै छाड्नेवाला छैन भन्नुभयो, लड्नका लागि लडाका चाहिन्छ, लडाका कता छन्, खोई ?
जित्न सक्नुहोला, भोकानाङगहरूलाई लडाएर । भोक, शोक, शिक्षा, स्वास्थ्य, सुरक्षाका लागि लडेर जित्ने कुनै एजेण्डा देखिएन, त्यतातिर सोच्ने कि ?