Advertisement Banner
Advertisement Banner

१७ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सुरुङमार्ग फेल, जनता ठगिए

११ सोमबार , श्रावण २०७२९ बर्ष अगाडि

थानकोट–हेटौंडा सुरुङमार्ग निर्माण गर्ने जिम्मा लिएका नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशी असफल भएका छन्। उनले गठन गरेको नेपाल पूर्वाधार विकास कम्पनीलाई सहजीकरण गर्न बनेको समितिका पदाधिकारीहरु सचिव तुलसीप्रसाद सिटौला, सहसचिवहरु रविन्द्रनाथ श्रेष्ठ, गोपिनाथ मैनाली, सडक विभागका महानिर्देशक माधवकुमार कार्कीले 'काम गर्न नसक्ने' ठहर गरिसकेको र ३५ अर्व लागतको ८० प्रतिशत ऋण सहयोग दिन तैयार भएको क्यानेडियन इन्फ्रा बैंकसले एक महिनाभित्र सुरुङ मार्ग बन्ने वातावरण नबने लगानी अन्यत्रै लगाउने चेतावनी दिएको छ। यस्तो भयावह स्थिति हुादा पनि जोशी हाासिरहेका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव रविन्द्रनाथ श्रेष्ठले कुशकुमार जोशी नेतृत्वको कम्पनले सुरुङमार्ग निर्माण गर्न नसक्ने हुादा नयाा कम्पनी अगाडि आए पुरानो कम्पनीको इजाजत खारेज गरेर अनुमति दिने बताएका छन्। निजीक्षेत्रले हात हालेको सबैभन्दा ठूलो आयोजना यसरी फेल हुनपुगेको छ।
आयोजना फेल भएकोमात्र होइन, मकवानपुरदेखि काठमाडौंसम्मका जनताले गाास, बास, कपास काटेर लगानी गरेको पैसा कुशकुमार जोशी एण्ड कम्पनीले मोजमस्तीमा उडाएको आरोप लागेको छ। मकवानपुरका जनताले जोशी र उनको कम्पनीविरुद्ध आफ्नो १० देखि १५ लाखका दरको लगानी हिनामिना भएकोले आन्दोलन गर्ने धम्की दिएका छन्।
थानकोट–हेटौंडा सुरुङमार्ग ५८ किलोमिटरको मात्र हुने र एकघण्टामा आवत जावत गर्न सकिने योजना हो। अहिले त्रिभुवन राजमार्गबाट हेटौंडा जाादा १३३ किलोमिटर लामो पर्छ भने पृथ्वीराजमार्ग भएर गए २२७ किलोमिटर लामो छ। यसरी सपनाजस्तो योजना ल्याएर र पैसा जुटाइसक्दा पनि निजीक्षेत्र असफल हुनुमा कम्पनीका हर्ताकर्ताहरको ठगी प्रवृत्ति भएको ठहर विज्ञहरुले गरेका छन्। क्यानेडियन कम्पनीले २०७१ भदौ ६ मा ८० प्रतिशत लगानी गर्न सम्झौता गरेको थियो, त्यो सम्झौता तेाडिने मोड आइसकेकाले यसबाट नेपाली निजीक्षेत्रमात्र होइन, सरकारसमेत बदनाम हुने खतरा देखिएको छ। विश्लेषकहरु भन्छन्: सरकारले सहयोग गरेको छ, जनताले लगानी गरेका छन्, विदेशीले ऋण दिन तैयार छ, सुरुङमार्ग सुरु नहुनु दुर्भाग्यपूर्ण हो। यथार्थमा यो बेइजत निजीक्षेत्रको सबैभन्दा ठूलो बेइजत हुनेछ। आगामी दिनमा निजीक्षेत्रले लगानी खोज्ने नैतिक धरातलसमेत यो घटनाबाट गुमाउन पुग्नेछ।