Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

आइ डन्ट नो हिन्दी, बुझ्नेलाई भारी...

२४ सोमबार , फाल्गुण २०७७४ बर्ष अगाडि

२१ गते दार्जीलिङलगायतका नेपालीभाषी भूमितिर परिवारसहित भ्रमणमा हिड्नुभएका पूर्वराजा ज्ञानेन्द्र शाहले हिन्दीमा सवाल जवाफ गर्न इन्कार गरिदिनु भएको छ ।
सिक्किमका एकजना पत्रकारले ‘हिज एक्सीलेन्सी इस बार आपका भारत भ्रमणका मक्सद क्या है ?’ भनेर सोधेका थिए ।
जवाफमा पूर्वराजाले ‘आई डन्ट नो हिन्दी ।’ भनेर जवाफ दिनुभयो । त्यसपछि पत्रकारले नेपाली भाषामा नै सोधे– ‘तपाईको यस पटकको भारत भ्रमणको उद्देश्य के होला ?’
पूर्वराजाको जवाफ थियो– ‘त्यस्तो खास लक्ष्य केही छैन । केही दिनको विदा मनाउने पारिवारिक भ्रमण हो मेरो ।’ हो, भारतमा रहेका इष्टमित्रहरूसँग भेटका लागि उहाँ भारततिर जानु भएको हो ।