Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

प्रचण्ड–माधव पुनरावलोकनतिर

२४ सोमबार , फाल्गुण २०७७४ बर्ष अगाडि

काठमाडौं । संसद बसिरहेको थियो, सर्वोच्च अदालतको फैसला आयो, एकीकृत नेकपा बदर भयो । एमाले र माओवादी केन्द्र व्यूँतियो । कस्तो अचम्म ?
केही कानुनविद भन्छन्– संसदको पहिलो दिन नै फैसला, अर्थपूर्ण छ ।
प्रधानमन्त्रीले घोषणा गरेको निर्वाचन बदर भयो, अर्थपूर्ण भएन । नेकपा नाम ऋषि कट्टेलले पाए, एमाले र माओवादी केन्द्र एकीकृत भएको नेकपा बदर भयो, अर्थपूर्ण देखियो ।
नेकपाका अध्यक्ष केपी ओली एमालेका अध्यक्ष भए । ओली भन्छन्– २०७५ जेठ ३ को अवस्थामा पुगियो । अदालतको फैसलाको कार्यान्वयन हुन्छ । माओवादी केन्द्रले समर्थन फिर्ता लिन्छ भने म विश्वासको मत लिन्छु ।
यता प्रचण्ड–माधव गुट कानुनी परामर्शमा जुटेको छ । यो गुट सर्वोच्चको फैसलाविरूद्ध पुनरावलोकनमा जाने तैयारी गर्दैछ । प्रधानमन्त्री एमाले अघि बढाउँदैछन्, प्रचण्ड माओवादी केन्द्र छायाँमा पारेर र माधव नेपाल एमाले इतिहास भयो भनेर पुनरावलोकनमा जान लागेका हुन् । यो गुटले सर्वोच्चको फैसलाले आफूहरूमाथि ‘राजनीतिक रूपमा अन्याय गरेको’ बताएको छ ।