Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

ओली–प्रचण्ड महाभारत, विप्लवसग वार्ता

१७ सोमबार , फाल्गुण २०७७४ बर्ष अगाडि

काठमाडौं । कांग्रेस र जसपा पनि संयुक्त आन्दोलनमा आउनेछ र ओलीलाई निरंकूश, नैतिकहीन भनेर फाल्ने अनि प्रचण्ड–माधवको छिमेकलाई कम्फर्ट हुने सरकार निर्माण गर्ने सपना तत्कालका लागि असम्भव हुनपुगेको छ ।
फागुन १६ गते प्रम ओलीले प्रचण्ड कित्तालाई ललकार्दै भनेका छन्– हिम्मत भए अविश्वासको प्रस्ताव पास गरेर फाले हुन्छ । अर्थात ओली राजीनामा दिएर प्रचण्ड–माधवलाई सत्ता खाली गर्ने मूडमा देखिनुहुन्न । उहाँ जस्तोसुकै चुनौतीको सामना गर्न तैयार देखिनुभएको छ ।
तीब्र विकास गर्ने, जेष्ठ नागरिकको भत्ता बढाइने, देशलाई विकासशील बनाइयो अब आत्मनिर्भर अभियानमा लागेको जनाउ दिनुभयो । उहाँले अदालतको फैसलाको स्वागत गरेर लोकतान्त्रिक पनि देखिनुभयो । यो पार्क ६५ अर्वको लगानीमा बन्न लागेको र सुरूमा २६ विदेशी कम्पनीले उद्योग खोल्नेछन् ।
नेपाली कांग्रेस र जसपा अदालतबाट संसद पुनस्र्थापना भएपछि के गर्ने भन्ने रणनीति बनाउन सकिरहेका छैनन् । २३ गते सुरू हुने संसदमा विपक्षीहरूको भूमिकाभन्दा सत्तापक्षका ओल–प्रचण्डपक्षकै मारामारले समय खाने देखिन्छ ।

विप्लवसग वार्ता
काठमाडौं । फागुन १६ गते झापा पुगेका प्रम ओलीले भनेका छन्– विप्लव नेतृत्वको नेकपासँग छिट्टै वार्ता हुनेछ, वार्ताबाट समाधान निकालिने छ । झापाको कमल गाउँपालिका ७ मा नेपालको सबैभन्दा ठूलो औद्योगिक क्षेत्र चीन नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास गर्दै प्रधानमन्त्रीले चन्द नेतृत्वको नेकपाको समस्या वार्ताद्वारा समाधान गरिने दृढता व्यक्त गरेका हुन् ।
प्रतिवन्ध लगाएर दमनमा उत्रिएको सरकारले गर्ने वार्ता सबैतिर स्वागतयोग्य मानिएको छ ।