Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

गणतन्त्रले लोकतन्त्र कमजोर, राजतन्त्र चाहियो

१७ सोमबार , फाल्गुण २०७७४ बर्ष अगाडि

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले राजसंस्था फालेर प्रजातन्त्र, लोकतन्त्र बलियो हुन्छ भन्ने पात्रहरू नै अहिले संविधान र लोकतन्त्रमाथि संकट आयो भन्दै सडकमा उत्रिएका छन् । राजसंस्था प्रजातन्त्रको बाधक होइन रहेछ भन्ने प्रष्ट भयो ।
राजसंस्था हटाएर प्रजातन्त्र बलियो हुने दाबी खोक्रो भएको भन्दै उहाँले हिन्दुराष्ट्र फिर्ता हुनुपर्छ । राजसंस्थासहितको हिन्दुराज्य स्थापना गर्नुपर्छ भन्नुभयो । यो लोकतन्त्र एक दशक मै संकटग्रस्त भयो । किन संकट आयो ? मुलुकमा भ्रष्टाचार, सर्वसत्तावाद, विदेशी चलखेलकै कारण एकता र स्वतन्त्रता कमजोर हुँदै गएको छ । जिम्मेवार को ? भन्ने प्रश्न गर्दै राप्रपा अध्यक्ष थापाले फेरि पनि स्पष्ट पार्नु भएको छ– राजसंस्था र हिन्दुराष्ट्र देश समृद्धिको बाधक होइनन् । गणतन्त्र र धर्मनिरपेक्षता घोषणा गरेपछि प्रजातन्त्रका निमित्त कहिल्यै लड्नुपर्दैन भन्नेहरू नै आज प्रजातन्त्र संकटमा प¥यो, प्रजातन्त्रको हत्या भयो भन्दै रून कराउन, आक्रोशित भएर सडकमा तमासा देखाउन थालेका छन् । उहाँले राप्रपाको सिद्धान्त ठिक रहेको बताउँदै युवापंक्तिलाई प्रेरित गरिरहनु भएको छ ।
काठमाडौं । राप्रपाका अर्का अध्यक्ष पशुपतिशमशेर जबराले प्रजातन्त्र जोगाउन राजसंस्था र हिन्दुराष्ट्र अपरिहार्य भएको बताउनु भयो ।
गणतन्त्र र धर्मनिरपेक्षताले देश चल्न सक्दैन । राजसंस्था र हिन्दुराष्ट्रको आधार अपरिहार्य छ ।  नैतिकताको प्रश्नमा जनताले राजनीतिक नेतृत्वलाई विश्वास गर्ने आधार निर्माण नभएसम्म प्रजातन्त्र सबल हुँदैन, विकास र समृद्धि प्राप्त हुँदैन । देशको राजनीतिमा इमानको खडेरी र नैतिक पतनको प्रश्न पेचिलो बन्नु आज सबैभन्दा ठूलो चन्ताको विषय भएको छ ।
उहाँले भन्नुभयो– प्रजातान्त्रिक पद्धति सबल तुल्याउन निष्पक्ष राष्ट्र प्रमुखको रूपमा राजसंस्था चाहिन्छ । घटनाक्रमले राप्रपाले उठाउँदै आएको हिन्दुराष्ट्रको आधार र राजसंस्थाको अभिभावकीय भूमिका टड्कारो भएको छ । साम्यवादीहरूले जनादेशको अपमान गरेका छन् ।