Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सम्बन्ध थप सुदृढ गर्न चाहन्छौं

१७ सोमबार , फाल्गुण २०७७४ बर्ष अगाडि

काठमाडौँ । अमेरिकामा राष्ट्रपतिको चुनाव हुँदा नेपाल र भारत सबैभन्दा बढी चासो राख्ने मुलुकहरू हुन् । कारण थियो– अमेरिकामा रहेका भारतीय र नेपाली आप्रवासी र उपराष्ट्रपतिमा भारतीय मूलकी कमला ह्यारिसको उमेदवारी । नभन्दै जो वाइडेनले ट्रम्पलाई हराएर अमेरिकी इतिहासमै काला जातिकी र महिला उपराष्ट्रपति बन्नुभयो । अमेरिकामा बसोबास गरेका नेपालीले गौरव गरे ।
राजदूतमार्फत राष्ट्रपति र प्रधानमन्त्रीले राष्ट्रपति जो वाइडेनलाई सफल कार्यकाल, सुस्वास्थ्यका लागि कामना, अमेरिका र अमेरिकी जनताको निरन्तर प्रगति थप प्रवद्र्धन हुने विश्वास व्यक्त गर्दै नेपालको समग्र विकासमा अमेरिकाले पु¥याउँदै आएको सहयोगप्रति नेपाल सरकारले अमेरिकालाई आभार सन्देश पठाउनु भएको थियो ।
जनवरी २० मा पदभार ग्रहण गरेपछि राष्ट्रपति जो वाइडेनले ट्रम्पका अपारदर्शी नीतिहरू खारेज मात्र गर्नुभएन, धमाधम लोककल्याणकारी निर्णयहरू गरिरहनु भएको छ । नेपालका तर्फबाट राजदूत बनेका युवराज खतिवडाले ओहदाको प्रमाणपत्र कोरोनाका कारण विदेश मन्त्रालयबाट बुझ्ने नयाँ परम्पराअनुसार बुझाएपछि अमेरिकी राष्ट्रपति वाइडेनले नेपाललाई शुभ–सन्देश नै दिनुभएको छ । 
राष्ट्रपति जो वाइडेनले भन्नुभएको छ– ‘नेपालसँग सम्बन्ध थप सुदृढ गर्न चाहन्छौँ ।’ अमेरिकी राष्ट्रपति जोसेफ आर बाइडेनको यो अभिव्यक्ति नेपालका लागि सम्बन्ध सुदृढतामा आएको नयाँ खालको ग्रिन सिग्नल हो । राष्ट्रपतिले भन्नुभएको छ– ‘साझा मुद्दामा नेपाल र अमेरिकाले सहकार्य गर्नेछन् ।’ अमेरिकास्थित दूतावासले  राष्ट्रपति जोको सन्देश प्राप्त भएपछि विज्ञप्ति जारी गरेर भनेको छ– राजदूतको ओहोदाको प्रमाणपत्र बुझेपछि राष्ट्रपति बाइडेनले राजदूत खतिवडालाई वासिङ्टन डिसीको कूटनीतिक वृत्तमा स्वागत गर्दै साझा एजेन्डामा नेपालसँगको सम्बन्ध थप सुदृढ गर्ने इच्छा व्यक्त गरेको जवाफ पठाउनु भएको छ । 
राजदूत बेरी नेपालमा विकास खोज्दै
काठमाडौं । १९४७ मा रिकग्निशन गरेर १९४८ मा नेपाल–अमेरिका कूटनीतिक सम्बन्धमा गाँसिएको हो । यही सम्बन्ध आजसम्म पनि मैत्रीपूर्ण रहेको छ । अमेरिकाले नेपालको विकास निर्माणमा निरन्तर सघाउँदै आएको छ । राजदूतका रूपमा ¥याण्डीबेरी नेपाल अनुभव गर्न सकिन्छ ।
यद्यपि एमसीसीमा राजनीतिकरण गरियो । यसमा प्रम ओलीलाई देशघातक देखाउने प्रयत्न भयो । संसद पुनस्र्थापित भएपछि प्रचण्ड–माधव–झलनाथका तर्फबाट झलनाथ खनाल र रामकुमारी झाँक्रीले एमसीसी पारित हुन्छ भनेपछि एमसीसी प्रष्ट हुँदै गएको छ । यद्यपि एमसीसी प्रचण्डकै पालादेखि गर्भधारण भएर हुर्कदै आएको हो । यसैवीच अमेरिकी संसदले तिब्बती नीति तथा सहयोग ऐन, २०२०’ पारित गरेपछि नेपालमा रहेका तिब्बती शरणार्थीबारे अमेरिकाको चासो बढेको छ । शरणार्थीलाई आर्थिक–सामाजिक गतिविधिमा संलग्न हुन दिनुपर्छ भन्ने यो नीति पनि बिबादमै देखिन्छ । 
अमेरिका, भारत र चीनको बीच नेपालमा उभिएर आफ्नो रणनीति विस्तारमा लागेकोमा शंका छैन । तर नेपालमाथि कुनै अनुचित दबाब दिएको देखिदैन । नेपाली नीतिनिर्माता, सरकारमा बस्नेहरूले नेपालको नीतिमा उभिन सके सकेनन्, प्रश्न यो हो । नेपाली शासक कमजोर हुँदा लाभ विदेशीलाई हुन्छ । जोल्ट नेपालले खप्नु र खेप्नुपर्छ । व्यापार अथवा अन्य सामरिक टक्कर र नेपालमा अमेरिकी, भारत र चीनको चासोबारेमा नेपाल उभिने हैसियत र नेपालको परराष्ट्रनीति र कूटनीतिक क्षमता विकासमा छिमेकीले पनि सघाउनु पर्नेछ । सवल र सम्भल हुनुपर्ने त नेपाली शासकले नै हो । नेपालका शासक नेपालको हितमा उभिन सके, नेपालको परराष्ट्र नीतिमा खडा हुनसके नेपालको हित बढी हुनेछ । सोच्ने नेपालको हित हो, जनप्रतिनिधि, नागरिक समाज लम्पसार नै पर्छन् भने मूल्य चर्को पर्नेछ ।