Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

होला भेला, बन्ला संयुक्त सरकार ?

१० सोमबार , फाल्गुण २०७७४ बर्ष अगाडि

काठमाडौं । बाँकी रहेको क्रान्तिकारी धारिलो धार विप्लव नेतृत्वको माओवादीमाथि २ वर्ष अघि लागेको प्रतिवन्ध फुकुवा गर्ने, वार्ता गर्ने र सरकारमै सहभागी गराउने, सकभर एकता गर्ने नभए आगामी निर्वाचनमा विप्लव गुटलाई भाग लिन लगाउने उद्देश्य राखे पनि ओलीको सपना पूरा होला नहोला तर वार्ता गर्न विप्लवको केसले नै निधो गरेको छ । यी दुबै रातो टीकेका निकटताले राजनीतिलाई दहमा ठूलै ढुङ्गा खसेजस्तो तरङ्ग उत्पन्न गराइदिएको छ ।
प्रचण्ड, माधव, झलनाथ गुट चोइटिएर र वामदेव मझधारमा रहेको स्थितिमा कमजोर बनेको ओली गुट र उनको नेतृत्वको सरकारलाई विप्लवको वार्ता सहमतिले शान्तिका लागि ठूलै करामत गरेजस्तो देखिन्छ ।
विप्लव समूह ओलीसँग सहकार्य गर्न तैयार देखिन्न । विप्लव सीके राउत पनि बन्न सक्दैनन् । बरू विप्लवले राखेको भनिएको बृहत् राजनीतिक भेला र संयुक्त सरकारको निर्माण रणनीतिक देखिन्छ । विप्लव यसरी वार्तामा बस्दा र उनका एजेण्डाहरू पूरा भए प्रचण्ड र माधव गुटको अवस्था नाजुक 
बन्ने देखिन्छ । विप्लवको पार्टीका पक्राउ परेका हेमन्त वली, धर्मेन्द्र वास्तोलालगायतका नेता कार्यकर्ता छुट्ने भएका छन् भने प्रतिवन्ध फुकुवा हुनेछ । यिनकै नेतृत्वमा वार्ता टोली बन्ने र वप्लवले गाइड गर्नेछन् । 
राजनीतिमा स्वागतयोग्य निर्णय हो यो ।