Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

गम्भीर आह्वान, अर्थपूर्ण बलडान्स

१० सोमबार , फाल्गुण २०७७४ बर्ष अगाडि

काठमाडौँ । फागुन ७ गतेको सन्देश जारी गरेपछि पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसमा जनताको बिजोग गर्ने लोकतान्त्रिक गणतन्त्रमाथि व्यङ्ग गर्दै रानीको जन्मोत्सवका उपलक्ष्यमा बलडान्स गरेको भिडियो सार्वजनिकमात्र भएन, सामाजिक सञ्जालमा भाइरल नै भयो ।
सन्देशमा प्रजातन्त्र जोगाउन राजा र जनता फेरि एकठाउँमा उभिने बेला भयो भनेर सबैलाई झक्झक्याउनु भएको छ । नेपाली जनता र राजाको सहमतिबाट स्थापित प्रजातन्त्रमा राजाको शक्तिलाई निषेध गर्नाले आजको स्थिति आएको सन्देशमा निष्कर्ष निकाल्नु भएको छ ।
सन्देशमा पूर्वराजाले भन्नुभएको छ– ‘नेपाली जनता र राजाको सहमतिबाट खडा भएको र त्यसको अस्तित्व रक्षा पनि सहमतिबाट मात्रै हुने यथार्थको अवज्ञाले निषेध र विभेदको राजनीति सुरू गरिएकोमा मुलुक दिन प्रति दिन जटिलतामा फस्दै गएको महसुस आम नेपालीले गरिरहेका छन् । जनताको आस्था, चाहना र जनभावना अन्तत अमिर रहन्छ र यसलाई मेट्न खोजेर, बटारेर त्यो मेटिदैन बटारिन्न ।’
‘प्रजातन्त्र प्राप्तिको सत्तरी वर्ष पछि आएर पनि हामी 
अहिले प्रजातन्त्र कै विषयमा विवाद, द्वन्द र बहसमै व्यस्त छौं, ग्रस्त छौं, प्रजातन्त्र भनेको आवधिक निर्वाचन र दल विशेषका नेताहरूको शासन प्रणाली मात्र होइन, यो सामाजिक जीवन पद्धति पनि हो ।’ 
पूर्वराजाले सन्देशमा भन्नुभएको छ– शाहले राजसंस्थालाई निषेध गरेर गरिएको प्रजातन्त्रको अभ्यासको क्रममा राष्ट्रको प्रतिष्ठा बढाउन कति समर्थ भयौं भन्ने कुरा एकपटक देशको माटो छातीमा राखेर सोच्न सबैमा आग्रह गर्दछौं । उहाँले प्रजातन्त्र स्थापनामा राष्ट्रपिता राजा त्रिभुवन, अमर शहीदहरू र प्रजातन्त्र प्रेमी नेपाली जनताले खेलेको भूमिकालाई नमन टक्राउनु भएको छ ।