Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

ओलीसँग हार्ने, विदेशी गुहार्ने

०३ सोमबार , फाल्गुण २०७७४ बर्ष अगाडि

काठमाडौँ । केपी ओलीले लोकतन्त्र सिध्याउन लागे भन्ने हल्ला फिजाएर प्रचण्ड–माधव गूटले विदेशी शक्तिलाई आफ्नो आन्दोलनमा सघाउन गुहारेको छ । ०४६ सालमा गणेशमानको चाक्सीबारीमा भारतीय नेता गुहारेर बहुदल आयो, १२ वर्षे कुशासन चलायो । ०६३ सालको आन्दोलनमा भारतले ठूलो लगानी गरेको थियो, दिल्लीमा १२ बुँदे सहमति गर्ने यिनै थिए, लोकतन्त्र आयो, विदेशी शक्तिकै लागि आयो । अझै नचेतेर फेरि विदेशी शक्ति गुहारिएको छ ।
आफूले हार्ने र धेरै दिन आन्दोलन अघि बढाएर प्रधानमन्त्री केपी ओलीलाई ठेगान लगाउन नसकिने आँकलन गरेर नै प्रचण्ड–माधव गुटले आन्दोलन र आफूहरूका पक्षमा बोलिदिन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरिरहनु भएको हो । सामान्य नागरिकले पनि यसरी विदेशी गुहार्ने प्रवृत्तिको आलोचना गरिरहेका छन् । आन्तरिक राजनीतिमा विदेशी गुहार्ने तत्व देशका लागि खतरनाक हुन्छ ।्
१९७५ मा भारतलाई गुहार्ने सिक्किमका नेताहरुले सिक्किमलाई बचाउन सकेनन् । भारतको प्रान्त भएर बस्न तैयार छौं भनेर ३२ मध्ये ३१ सांसदले प्रस्ताव नै पारित गरेका थिए । अन्ततः सिक्किम भारतमा मिलाएपछि इन्दिरा गान्धीले जो देशका भएनन्, हाम्रा कसरी हुन्छन् भनेर भेट्नसमेत इन्कार गरिन् ।
पटक पटक नेपालले धोका पाएको छ, धोका खाएको छ । अझै नचेत्ने ?
अझै आफ्नो आन्तरिक मामिलामा विदेशी हस्तक्षेप खोज्ने ? विदेशी धाप र लगानी नभए आफै केही पनि गर्न नसक्नेले कसरी देश बचाउन सक्छन् ?
ओलीले जे जति नकाम गरेका छन्, त्यो निन्दनीय छ । ओली इतरका प्रचण्ड–माधव गुटले ‘अहा’ भन्ने कुन कुन काम गरे, निर्णय गरे, त्यो जनताले देख्न पाएनन् । विदेशी गुहार्नुको कारण यही हो, नेपालीले बुझेका छन् ।