Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

प्रचण्डले बाबुरामको सहारा खोजे

०३ सोमबार , फाल्गुण २०७७४ बर्ष अगाडि

काठमाडौं । फागुन १ गते, २६औं जनयुद्ध दिवसका दिन डा.बाबुराम भट्टराईले पुस्तक लेख्नु भएको छ– गुमनाम आमाहरुको कथा । यो पुस्तक विमोचनका बेलामा प्रचण्ड र बाबुराम भट्टराई साथसाथै हुनुहुन्थ्यो । यही अवसरमा प्रचण्डले जनशक्तिदेखि, विवेकशील हुँदै जनता समाजवादीसम्म चहार्न पुग्नुभएका डा.बाबुराम भट्टराईको साथ खोज्नु अचम्मलाग्दो राजनीतिक परिदृश्य हो ।
प्रचण्डले भन्नुभयो– ती दिनहरुले हामीलाई फेरि पनि एकै ठाउँमा आउन प्रेरित गरिरहेको छ । जनआन्दोलन र जनयुद्धका उपलब्धि तथा संविधान रक्षाका लागि मोर्चा कसेर नयाँ संकल्पसहित अगाडि बढ्न पनि प्रस्ताव गर्छु ।
जनयुद्धको इतिहास
१० वर्षे जनयुद्धमा १८०३० जनाको नरसंहार भएको थियो । ९,८२० अङ्गभङ्ग भए, ८०,२२२ शरणार्थी बने, ३,१४२ बालबालिका टुहुरा भए भने १७,९६९ परिवारको सर्वस्व सखाप भयो । १ लाख ३६ हजार २०५ नेपाली प्रत्यक्ष पीडित, ५ हजार ५६० विकास र सेवाका संरचना ध्वस्त, ३ हजार ६४७ वटा भौतिक संरचना ध्वस्त, ६७ वटा ठूला र मझौला खालका फौजी आक्रमण भएछन् । यो आधिकारिक तथ्याङ्क हो । अनुसन्धाता चन्द्रमणि गौतमका अनुसार ऐतिहासिक दरबार, प्रशासनिक, गाविस भवन, प्रहरी चौकी, हुलाक भवन, शिक्षण संस्था, खानेपानी आयोजना, विद्युत विकास र सामाजिक पद्धतिलाई ५ दशक पछाडि धकेलियो ।
यो सब हुनुमा जनयुद्धका कमाण्डर प्रचण्ड र माष्टरमाइन्ड बाबुराम नै हुन् ।