Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नेताको शक्तिले कहिले जनता देखेन

०३ सोमबार , फाल्गुण २०७७४ बर्ष अगाडि

नाम सिद्धबाबा, काम करणी । अदालत भन्छ– बलात्कार होइन, महिलाले आफूलाई समर्पण गरेको ।
नाम लोकतन्त्र । काम व्यक्तिगत स्वार्थतन्त्र । देशको अवस्था बलात्कार, लास, आन्दोलन, छानबिनको नाटक मात्रै । जसरी एउटी छोरीको जीवन सकिन्छ । त्यस्तै छ देशको जीवन पनि । आन्दोलन, सत्ता परिवर्तन, चुनाव, भ्रष्टाचार, फेरि आन्दोलन, सत्ता परिवर्तन । यसैगरी देश र जनताको भविष्य सकिदैछ ।
काठमाडौं । सिङ्गो संविधान सडकमा आइपुगेको छ । सिङ्गो सत्ता सडकमा छ । प्रतिपक्षी र नागरिक अभियन्ताहरु पनि सडकमा छन् । सत्तामा रहेको नेकपाका दुई धार प्रधानमन्त्री ओली र प्रचण्ड–माधव नेपाल सडकमा बढीभन्दा बढी भीड जम्मा गरेर शक्ति प्रदर्शन गरिरहेका छन् । अदालतलाई, निर्वाचन आयोगलाई, बालुवाटारलाई जनसाङ्गलोले घेरेर तह लगाउने प्रचण्ड–माधव नेपालको धम्की माइकबाट बजिरहेको छ । चुनाव नभए अराजकता निम्तिनेछ भनेर प्रधानमन्त्री पनि भीड जम्मा गर्दै कुर्लिरहेका छन् । मानौं, नेपालको राजनीति दोहोरी रेष्टुरामा मादक पदार्थ पिएर त्यही तालमा सूर न तालको गीत गुनगुनाउने नशाले चूर ग्राहकहरु हुन् । नशामा बेहोस र सत्ता, सम्पत्ति र शक्तिले चूर नेतामा भिन्नता नै कति छ र ? दुबैथरि होसमा छैनन्, बेहोसीमा लरबराएका यिनका चाल, ढालले देश बर्बाद पारिरहेछ । यिनको आवाजमा माटो छैन, देश छैन, जनताको आशा र अपेक्षा छैन । जो आफैमा छैनन्, यिनीहरुमा ‘मान्छे’ र मान्छेका पीडा कहाँ हुन्छन्  ?
यस्तो प्रदूषित राजनीतिक महालेमा तीनथरि नागरिक आन्दोलन तीनतिरबाट उर्लिरहेको छ । यो नागरिक आन्दोलन पनि नागरिकमा कम, राजनीतिक पार्टी निकट बढी छ । जुन नागरिक आन्दोलन जनतामा जान सक्दैन, जनतालाई न्यायका लागि जागरुक बनाउनु भन्दा सत्ता राजनीति निकट भएर क्रान्तिकारी देखिने होली खेल्न मन पराउँछ र जब जब राजनीतिक द्वन्द्व हुन्छ, तब तब मात्र गरिने नागरिक आन्दोलन जनताको आवाजका रुपमा बनेको देखिन्छ । यी अभियन्तामा विश्वास घटेको छ ।
सत्ता होस् कि प्रतिपक्षी, बुद्धिजीवी हुन् कि नागरिक अभियन्ता, जो आफै संवैधानिक छैनन्, लोकतान्त्रिक छैनन्, तिनले विधिको शासन र लोकतन्त्रका गरिमा र महिमा कसरी स्थापित गर्न सक्छन् । जो एकले अर्कोलाई पाँडे गाली गरेर आत्मतुष्टी गरिरहेका छन्, तिनले प्रजातान्त्रिक राजनीतिक संस्कार, सभ्यता र सुन्दरतालाई कसरी जीवन पद्धतिका रुपमा विकास गर्न सक्छन् । शायद नेपालमा जे छ, सत्ता र शक्ति आर्जनको राजनीति मात्र छ ।
यसैले सधैं जनतामा जाने र जनताको पीडामा पीडित हुने डा.अरुणा उप्रेतीको आवाज आवाजविहिनहरुको आवाज बन्नपुगेको छ । उहाँ लेख्नुहुन्छ–
प्रचण्ड, ओली, नेपाल, देउवा र उनका साथीहरुले कहिले गाउँघरका समुदायको समस्या बुझ्नुपर्छ भनेर नारा लगाए ? आपैm समुदायमा गएर जनताको दुःखसुख बुझे ? कोरोनाका बेलामा समुदायका मानिसहरु भोकै परे कि विरामी भए ? दलित र सिमान्तकृतको घरमा चुल्हो बल्यो कि बलेन ? अहाइसोलेसनमा बसेका मानिसहरुको शारीरिक र मानसिक स्वास्थ्य कस्तो रह्यो, सुत्केरीहरु प्रसव पीडामा पर्दा र मर्दा कुनै नेताले आवाज उठाए ?...तपाईहरुलाई बनकरिया र राउटे कस्ता हुनछन्, उनका सनतान किन असमय मर्छन भनेर दुःखपूर्ण कथा सुनाइदिन्छु, हामीसँग सम्पर्क राख्नुस् ।
आफ्नो शक्ति यी कसैले पनि ती जनताको भोको पेटमा बलेको आगो निभाउन खर्च गरेको छैन । आफू सत्तामा आउन सबैले शक्ति देखाएको यो तिम्रो जुलुस म बहिष्कार गर्छु । ओली शक्ति देखाउन सामाजिक सञ्जाल नियन्त्रणमा राख्न खोज्छन्, नेपाल, प्रचण्ड चाहिँ सडकमा मान्छे उतार्न खोज्छन् । तिमीमध्ये कुनले चाहिँ देशको भलो गर्ने काम ग¥यौ हँ ?