Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सीमामा आतंककारी गतिविधिप्रति सेना सतर्क

२६ सोमबार , माघ २०७७४ बर्ष अगाडि

काठमाडौं । प्रधानमन्त्रीले  उद्घाटन गरेको र जंगी अड्डामा आयोजित सुरक्षा सम्बन्धी सेमिनारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागको उपस्थिति थियो र त्यहाँ खुला सीमा नियमन गर्नुपर्ने आवाज उठ्यो ।
अन्तर्राष्ट्रिय सीमा व्यवस्थापनबारेको सेमिनारमा प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाल–भारत खुला सीमा क्षेत्रमा अन्तर्राष्ट्रिय आतंककारी गतिविधिको जोखिम बढेको बताएपछि सरकार सचेत हुनपुगेको छ । सेनाले देशका हरेक गतिविधिमा तिखो नजर लगाएर अध्ययन गरिरहेको हुन्छ । यसकारण प्रधानसेनापतिको अभिव्यक्ति गम्भीर देखिन्छ ।
प्रधानसेनापतिले भन्नुभयो– सीमा क्षेत्र चेलीबेटी बेचबिखन, आपराधिक क्रियाकलाप, घूसपैठ, अन्तर्राष्ट्रि एवम् आतंकवादी गतिविधिहरूको जोखिम निरन्तर रहदै आएको छ । यस्ता समस्याको दीर्घकालीन समाधानका लागि नेपालको अन्तर्राष्ट्रिय सीमा वैज्ञानिक ढङ्गले व्यवस्थित बनाउने आवश्यकता टड्कारो रूपमा देखिएको छ । सीमा सुरक्षाबारे सरकारको आगामी नीति तथा कार्यक्रममा थप प्राथमिकता दिनुपर्छ ।
सीमा सुरक्षामा ३४ निकाय संलग्न छन्, उनीहरूबीच प्रष्ट कार्यविभाजन र समन्वय जरूरी छ । खुला सीमाका कारण परेका समस्या र भविष्यमा हुनसक्ने जोखिम र विपत्तिको सामना गर्न सीमा व्यवस्थापन मजबुत पार्न जरूरी छ । यसका लागि सुरक्षाकर्मीलाई स्रोतसाधन सम्पन्न बनाउनुपर्छ ।
अन्य अभिव्यक्ति, कार्यक्रमहरू गौण हुन् । प्रधानसेनापतिको अभिव्यक्तिले राष्ट्र कुन स्थितिमा छ भन्ने देखाएकाले यसमा राष्ट्रिय चासो जानुपर्छ ।