Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

वर्माको झस्का नेपालमा

२६ सोमबार , माघ २०७७४ बर्ष अगाडि

काठमाडौँ । विपक्ष त सडकमा हुन्छ नै, सत्ताधारी पनि सडकमा छ । अदालतमा पनि पक्ष विपक्ष तार्किक मारमुङ्ग्री गरिरहेका छन् । कोरोनाले मान्छे खान छाडेको छैन, सामाजिक दूरी कायम गर्नुपर्छ भन्ने विश्व आग्रह र अनुरोध टीभी, रेडियो र टेलिफोनको टोनमा सिमित हुनपुगेको छ ।
मन्त्री, प्रधानमन्त्री भीड जुटाउन व्यस्त छन् । सत्तारूढ दलकै ३ पूर्वप्रधानमन्त्री प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल पनि आफ्नै दलका प्रधानमन्त्री ओलीको भन्दा बढी भीड जुटाउन र सडकबाटै प्रधानमन्त्री अपदस्त गर्ने उद्घोष गरिरहेका छन् । नागरिक समाज सत्ताको विपक्ष र संविधानको पक्षमा सडक आन्दोलन गरिरहेको छ । नागरिक समाजले नागरिकको भन्दा ओली इतरको आवाजलाई घन्काइरहेको देखिन्छ । नागरिकको पक्षमा नागरिक मात्र छन्, बाँकी कुनै न कुनै दलको वकालत गरेको देख्दा स्वतन्त्र को छ भन्ने स्थिति उत्पन्न भइसक्यो ।
माघ १९ देखि बख्तरबन्द गाडीसहित नेपाली सेना नियमित अभ्यासमा जुटेको छ । तर, यसलाई ओली इतरका प्रचण्ड–माधव गुट तर्साएर तर्सिन्नौं भन्ने भाषा बोलेर नेपाली सेनाको अपमान गरिरहेका छन् । नेपाल न बर्मा हो, न पाकिस्तान । नेपाली सेना शुद्ध व्यवसायिक सेना हो, नेपाली सेनाले कहिले पनि राजनीतिमा स्वाद लिएन भन्ने कुरा किन बिर्सेको ? नेपालमा न कहिले सैनिक कू भयो, न सैनिक शासनको सम्भावना देखिन्छ । तर यिनको मनमा झस्का पस्यो ।
यति नै बेला वर्मामा सैनिक कू भयो, आङसान सुकीलगायतका नेताहरू नजरवन्दमा परेका छन् । वर्माको हावा नेपालमा आउँदैन, पक्का छ । तर कुरूवंश झगडामा लागेकाहरूले विनास निम्त्याउने कि लोकआवाज सुनेर अघि बढ्ने ?