Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

केपी ओलीले गृहयुद्ध नै चाहेको हो ?

२६ सोमबार , माघ २०७७४ बर्ष अगाडि

काठमाडौं । नेकपाको झगडा यो हदसम्म पुगिसक्यो कि एकले अर्कोलाई मुखभरिको जवाफ दिने प्रतिस्पर्धा चलिरहेको छ ।
प्रचण्डले भनेका छन्– केपी ओलीले गृहयुद्ध नै चाहेको हो त ? ओलीले भनेका छन्, यिनका मान्छे सकिएछन्, मान्छे त यता रहेछन् ।
गिज्याउनेको सीमा नाघ्यो । ओली र प्रचण्ड–माधवबीचको वाकयुद्ध रक्तपाततिर उन्मुख हुनथाल्यो भनेर विश्लेषकहरू चिन्ता प्रकट गर्न थालेका छन् । तर न सत्ताधारी ओली, न सडकधारी प्रचण्ड नै आमनागरिकप्रति चिन्तित देखिन्छन् । यिनको शक्ति द्वन्द्वले बिस्तारै हिंसात्मक स्वरूप धारण गर्न थालेको छ । जुन प्रत्येक नागरिकका लागि त्रासदीको विषय बन्न पुगेको छ । आफैले ल्याएको लोकतान्त्रिक व्यवस्थाका गरिमा र महिमाप्रति नेकपाका कुनै नेता पनि गम्भीर देखिदैनन् ।
के भनेको यो ? के देखाएको यो ? प्रचण्डले जनतालाई सुनाएर भन्न मिल्छ– केपी ओलीले गृहयुद्ध नै चाहेको हो त ? ओलीले पनि जनता थुपारेर सडक आन्दोलन गर्न र आफू जनताले चाहेको नेता भनेर अहंकार ओकल्न मिल्न ?
नेकपाका नेताहरू भुइँमा न भाँडा भए । न सिद्धान्त, न नीतिको झगडा हो यो । यी दुबैपक्ष सत्ताका लागि न्वारानमा खाएको घीउको बल निकालिरहेका छन् । दुःख जनतालाई, अप्ठेरो मुलुकलाई । यी दुबैथरि यतिसम्म तल झरिसके कि यिनले आत्मतुष्टिका लागि, स्वार्थपूर्तिका लागि देशै सिध्याउने त होइनन् ?