Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

केटु आरोहीलाई पूर्वराजाको बधाई

१९ सोमबार , माघ २०७७४ बर्ष अगाडि

काठमाडौं । विश्वकै दोस्रो उच्च शिखर, अहिलेसम्म कुनै पनि आरोहीले आरोहण गर्न नसकेको पाकिस्तानको भर्जिन हिमाल, केटु हिमालको नेपाली आरोहीहरुले सफल आरोहण गरेका छन् ।
नेपालीको गौरव बढाउने काम हो यो । प्रत्येक नेपाली खुशी छन्, यो खुशीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि भावुक बनायो ।
गत बर्ष सगरमाथा सहित अग्ला चौध हिमाल आरोहण गर्ने यो समूहलाई पूर्वराजाले विज्ञप्तिमार्फत नेपाल विश्वका अनेकौ उच्चतम हिमाल रहेको देश हो, अनि अनेकौ साहसी आरोही तथा पथप्रदर्शक र प्रेरकहरुको मुलुक भएको जिकिर गर्दै विश्वकै दोस्रो अग्लो केटु हिमालको आरोहणबाट विश्वमै नेपाल र नेपालीको प्रतिष्ठामा वृद्धि भएकोमा मैले सुखद अनुभूति गरेको उल्लेख गर्नुभएको छ ।
युद्धको अर्को तरिका
काठमाडौं । कम्युनिष्ट प्रधानमन्त्री, धर्मनिरपेक्ष संविधानका रक्षक पशुपतिनाथमा सवालाख बाती बालेर शिर झुकाए । राज्यढुकुटीबाट सूनको जलारी चढाए । देशका लागि, जनताका लागि कि आफ्नो जितका लागि ?
समग्र राजनीति कुरुक्षेत्र बनिसकेको छ । पाण्डव पक्ष छैन, दुबैतर्फ कौरवमात्र छन् । महाभारत धर्मयुद्ध थियो, वर्तमान नेपालको राजनीतिमा चलेको युद्ध अनैतिकता र धर्महाराहरुबीच चलिरहेको छ । एकले अर्कोलाई नैतिकहीन, अयोग्य, सर्वसत्तावादी भनिरहेको छ, आखिरमा दुबै उस्तै हुन् ।
किन यस्तो युद्ध सुरु भयो, न कोही कारण खोज्छन्, न निराकरण । दुबैपक्ष एकदोस्राको, संवैधानिक निकायहरूको, अदालतको, व्यक्ति व्यक्तिको मानमर्दन गरिरहेका छन् । भन्नलाई दुबै लोकतन्त्र भन्छन्, लोकलाई भेडाजसरी अघिपछि लगाइरहेका छन् । यथार्थमा यी देशवादी होइनन्, दलवादीमात्र देखिएका छन् ।
मुद्दा सर्वोच्चमा छ । दुवै कौरव पक्ष अदालतलाई धम्क्याइरहेका देखिन्छन् । आफूले भनेजस्तै फैसला हुनैपर्छ भन्ने जिरह गरिरहेका छन् । अब सर्वोच्चले तिनका अनकूल फैसला गर्ने कि न्यायिक प्रक्रियाअनुसार फैसला गर्ने ?
अदालत यति कमजोर छ कि मानहानीको ठाडो आदेश दिएर मुद्दाको किनारा लगाउनेतिर लाग्न पनि क्षमता देखाउन नसक्ने अवस्थामा देखिन्छ ।