Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

विप्लवसँग वार्ताको तैयारी

१९ सोमबार , माघ २०७७४ बर्ष अगाडि

काठमाडौं । प्रचण्ड–माधव नेपालले केपी ओलीसँग सत्ताका लागि सिंगौरी खेल्दा भूमिगत जनयुद्धकारी विप्लव माओवादीसँग वार्ताको वातावरण बन्न थालेको आभाष मिलेको छ । गृहका प्रवक्ताले समेत विप्लव समूह तैयार भए वार्ता हुनसक्ने बताएका छन् । यसैबीच प्रम ओलीले पूर्वलडाकुको ‘अयोग्य’ बिल्ला हटाउने, द्वन्द्वका सबै घाइतेलाई भत्ता दिने र विप्लवका पक्राउ परेका ७ नेता र थुप्रै कार्यकर्तालाई जेलमुक्त गर्नेसम्मको लचक नीति लिएको स्रोतले उल्लेख गरेको छ ।
संक्रमणकालीन न्याय सम्पादन अघि बढ्ने, बेपत्ता र सत्यनिरुपण तथा मेलमिलाप आयोगलाई सक्रिय पारिने र मारिएका, घाइते र बेपत्ता परिवारलाई राहत प्याकेजको तैयारी भइरहेको पनि बुझिएको छ । माओवादीका कट्टर आलोचक, विप्लव र वैद्य माओवादीसँग वार्ता गर्न अग्रसर हुनु स्वागतयोग्य मानिएको छ । तर यो वातावरण धुमिल पार्न प्रचण्ड–माधव तगारो बन्ने संकेतहरु देखिनु दुर्भाग्यपूर्ण हो ।
ओलीको लक्ष्य निर्वाचन जित्ने होला तर राजनीतिक तनाव कम हुनु देशका हितमा हुनेछ । गृहमन्त्री रामवहादुर थापा जनयुद्धका शीर्ष कमाण्डर नै हुन् । उनले बढाएको सहमतिको राजनीति सफल भयो भने प्रचण्ड–माधव गुट किनारामा पुग्नसक्ने धेरैको भनाइ रहेको छ । सवाल व्यक्तिको भन्दा सहमतिको हो ।