Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

महामहिमको सक्रियता

१९ सोमबार , माघ २०७७४ बर्ष अगाडि

काठमाडौँ । नेपालका लागि महामहिम राजदूत ¥याण्डी बेरीले अमेरिकामा नयाँ राष्ट्रपतिले पदभार ग्रहण गरेपछि अमेरिकी राष्ट्रपतिका रुपमा जोए बाइडेनको नयाँ नीति, अमेरिकी प्राथमिकताका बारेमा ओली र प्रचण्ड–माधवलाई मात्र होइन नेपाली कांग्रेसका सभापति, सुरक्षा निकायका प्रमुखलाई समेत जानकारी गराउनु भएको छ ।
महामहिम राजदूतले नेपाल–अमेरिका बीचका आपसी सम्बन्धका विषयमा छलफल गर्नु स्वभाविक हो, अझै पनि अमेरिकाको सत्ता परिवर्तन र नयाँ नीतिबारे स्पष्ट पार्ने दौडधूप चलिरहेको देखिन्छ ।
प्रधानमन्त्री, कांग्रेस सभापति त अमेरिकी सहयोगको पक्षमा दत्तचित्त नै छन्, मीठो भेटवार्ता भयो । तर प्रचण्ड–ओलीसँगको भेटवार्ताको अन्तमा एमसीसीबारेको चासो राखिंदा दुबैले भारत र चीनलाई मनाउने हो भने हामी बिरोधमा नभएको जानकारी दिए । सडकमा उफ्रने र उफार्नेहरुको जवाफले अमेरिकी नीति जानकारी दिन सक्रिय हुनुभएका महामहिम राजदूत बेरीले हाम्रा नेताहरुको मूल्याङ्कन कुन स्तरको भनेर गर्नुभयो होला ? अनुमान गर्न सकिन्छ ।