Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

उद्यमी अर्जुनको अर्जुनदृष्टि

१२ सोमबार , माघ २०७७४ बर्ष अगाडि

नेपाललाई हजारौं विनोद चौधरीहरु चाहिएको छ ताकि उद्यमलाई देशव्यापी गराउन्, रोजगारीको सिर्जना हुनसकोस् । यिनीहरु नै हुन् उद्यममार्फत देशको आर्थिक मेरुदण्ड मजबुत पार्ने अर्थतन्त्रका निधिहरु । बढीभन्दा बढी यस्ता उद्यमी उत्पादन गर्न के गर्नुपर्छ ? राष्ट्रव्यापी बहस गरेर नीति बनाउन जरुरी छ ।
विनोद चौधरी, विश्वविख्यात फोर्बस् म्यागेजिनका अनुसार नेपालका एकमात्र खर्बपति । नेपालमा आलोचना बढी, सफलता बढी तर विश्व समाचारमा छाएका नेपालका यी खर्बपतिको व्यवसाय साम्राज्य कसरी फैलियो होला ? उद्यम व्यवसायका अर्जुन हुन् विनोद चौधरी, उनको अर्जुनदृष्टि भन्छ–
म पनि संघर्ष गरेर नै यो ठाउँमा आइपुगेको हुँ । आज पनि बहुसंख्यक नेपालीहरू प्राथमिक आवश्यकताको जोहो गर्न ठूलो संघर्ष गरिरहेका छन् । धेरैैमानिसहरू रोजगार बन्न चाहान्छन् । तर, बिडम्बना देशमा रोजगारीको अवसर सीमित छ । वैदेशिक रोजगारीको अवसर सधैं त रहिरहँदैन । फेरि विदेशमा बगाएको श्रम र मेहनतले हाम्रो मुलुक त बन्दैन ।
अमेरिकादेखि लिजियाङ, सर्वियादेखि माल्दोभा, युएईदेखि भारत, बंगलादेश, मालदिभ्स, श्रीलंकालगायतका दर्जनौं मुलुकमा व्यावसाय फैलाउन सफल उद्यमी विनोद चौधरीको आलोचना कम उनको सफलताबाट सिक्न बढी जरुरी छ । उनको व्यवसायले देशको प्रतिनिधित्व गरेको छ । एउटा नेपालीको सफलतामा देशले सफलता देखेको छ, हरेक नागरिकले सफलता देख्नुपर्छ । तब न देशको सवलता प्रदर्शन हुन्छ । यी सफल उद्यमी आजकल आफैलाई ऐनामा हेर्न थालेको अनुभूत हुन्छ र उनी युवा पुस्तालाई आफूले गरेका संघर्ष र मेहनतको विश्लेषण गर्न थाल्नुभएको छ ।
लाग्छ, विनोद चौधरीको राजनीति प्रवेश र समाजसेवा आफूलाई माटोमा उभ्याउने प्रयत्न हो । आँखा चिम्लेर आलोचना गर्नेहरुले गर्छन्, यथार्थ के हो भने विनोद चौधरी जन्मेको माटो यही हो । उनलाई चिनिने देश नेपाल हो । उहाँको व्यवसाय विश्वमा फैलियोस्, उहाँ समेटिने, मेटिने धरातल यही हो । यो माटोका लागि उहाँजस्ता व्यवसायीले देखाउने सत्यको ज्योति हो, जुन आजकल विनोद चौधरी इन्टरप्रिनियरका रुपमा देखा पर्न थाल्नुभएको छ । उहाँले छर्न थाल्नुभएको प्रेरणा हो– युवाहरु संघर्ष र मेहनतका साथ व्यवसायमा आउनुपर्छ । सफलताको साँचो यही हो । जे गर्नोस्, मन लगाएर गर्नोस्, इमानका साथ गर्नोस् । आफ्नो अनुभव सुनाउँदै चौधरी भन्नुहुन्छ– लामो कालखण्ड व्यावसायिक जीवन बिताएँ । मेहनत र संघर्ष गरें, त्यसले मलाई प्रतिफल पनि दिदैँ गयो । एउटा समयमा आएपछि मलाई यस्तो लाग्यो कि अब मैंले समाज र राष्ट्रको लागि केही गरौं ।
पक्कै विनोद चौधरीको समाजसेवा चौधरी फाउण्डेसनबाट भइरहेको छ ।  यो फाउण्डेशन गरिबी निवारण, पोषण सुरक्षा, वातावरण संरक्षण मैत्री व्यवसायहरू सामाजिक व्यवसायका नाममा सञ्चालित देखिन्छन् । समाजमैत्री केही योजना, परियोजनाहरु चौधरी फाउण्डेशनबाट सञ्चालन भइरहेका छन् ।
युवाहरुलाई विनोद चौधरीको सुझाव छ– उद्यमी बन्न सपना देख्नुपर्छ । केही गर्छु भन्ने लगाव छ र सपना पनि छ भने, त्यो सपना कसरी पूरा गर्र्ने प्रतिवद्धता छ भने परिवेश र अवस्था जस्तोसुकै जटिल छ भने पनि सफल हुनसकिन्छ ।
प्रधानमन्त्री फेर्ने आन्दोलन
काठमाडौं । सत्ताधारी नेकपाको ओली, प्रचण्ड–माधव गूट ‘तू नहीं कि मै नहीं’ को घम्साघम्सीमा देखिन्छन् । प्रचण्ड–माधव गूटले शाकाहारी आन्दोलनले भएन भनेर गरेको आन्दोलनले ‘तातोपानी’ पनि लगाएन । प्रधानमन्त्रीले धमास दिएका छन्– जनप्रदर्शन कस्तो हुन्छ– २३ गते हेर्नू । दुबैथरिको हिसावकिताव आखिर सत्ताको लागि रहेछ ।
काठमाडौं । ओली र प्रचण्ड गुटले पाखुरा सुर्कासुर्की, लगौंटी खोलाखोल गरेर हदैसम्मको गल्ली झगडाको जुन तमासा देखाएका छन्, यसबाट सबैलाई थाहा भयो कि यो द्वन्द्व आखिर प्रधानमन्त्रीको पदका लागि रहेछ ।
संसद विघटन, विघटनविरुद्धको सडक आन्दोलन, संसद पुनस्र्थापनाको माँगमा कतै पनि देश र जनताको इच्छा र अपेक्षा जोडिएको देखिन्न । सत्ताका लागि भइरहेको यो आन्दोलन अब चोर औंला ठड्याउने र मुक्का ताक्ने स्थितिसम्म पुगिसकेको छ ।
आम सर्वसाधारणको एउटै प्रश्न छ– आखिर यो प्रधानमन्त्री फेर्ने आन्दोलन मात्र रहेछ ।
देशलाई चाहिएको छ प्रतिवद्धता फेर्ने आन्दोलन । जनअपेक्षा पूरा गर्छौं भन्ने आन्दोलन, चुनावका बेलामा गरेका वाचा र घोषणापत्रमा लेखिएका सर्तहरुको पालना हुन्छ भन्ने आन्दोलन, जनआन्दोलन र राजतन्त्र तथा हिन्दुराष्ट्र फाल्दाका प्रतिवद्धताहरुको पूर्ण पालना हुन्छ भन्ने आन्दोलन । त्यस्तो केही पनि छैन ।
जे छ, प्रधानमन्त्री जसरी पनि फाल्नुपर्छ भन्दै सडकमा एकदोस्रालाई पाँडे गालीगलौज छ । सत्तामा टिक्न र सत्तामा उक्लिनका लागि ओसारेका अबुझ भुइँमान्छेको भीड छ । 
जनताको ज्यानको र देशको सार्वभौमिकता मर्दै गएका बेलामा दुर्घटनाग्रस्त संविधानको रक्षा भएर हुन्छ के ? नागरिक आन्दोलन पनि एकपक्षीय रुपमा देखिन्छ । नागरिकले देशको प्रतिनिधित्व गर्ने कि यो सत्ता झगडाको एक पक्षमा उभिने ?
गंगामायाँ अस्पतालमा वर्षौंदेखि मर्दैछिन्, कोरोनाको पहाडले मान्छे किचिएका छन्, मिचिएका छन्, भ्रष्टाचार मौलाउँदै गएको छ, नागरिक समाज र अधिकारकर्मीले संविधान संविधान भनेर बसेर पुग्छ कि उनीहरुको थप दायित्व पनि छ । संविधान पुनस्र्थापना भयो, गलत ओलीको सत्ताबाट खँगारिए, नयाँ आउने प्रचण्ड–माधव गुट अथवा मिलिजुली कांंग्रेस, राप्रपा र जसपा सरकारमा गएर देशका जल्दाबल्दा समस्याको समाधान हुन्छ त ? सबै टेस्टेड पात्र हुन्, व्यक्ति फेर्ने कि व्यवहार सच्याउने ? मुलुकका सामु यक्ष प्रश्न उभिएको तर्क गर्छन् विश्लेषकहरु ।
प्रधानमन्त्रीको सत्ता बचाउने र आन्दोलनकारीको प्रधानमन्त्री फेर्ने खेलमात्र हो र देशको आवश्यकता ?
सत्ताले भ्रमको खेती गर्ने र सत्ताइतरकाले प्रधानमन्त्री फेर्न खोज्ने, जनताले यही बुझ्ने स्थिति रहेसम्म समृद्धी र शान्ति सपनामात्र हुनेछ । अब त प्रचण्डले हिंसात्मक द्वन्द्व सुसेल्न थालेको स्वरहरु पनि सुनिन्छ, यसको अर्थ सडकमा रगत बग्ने खतराको आहट पनि अनुभव हुन थालेको छ । संघीय गणतन्त्र स्थापना भएपछि भ्रष्टाचार र अतिवाद बढेर गयो । आन्दोलनकारी समाज नै तर्सिएर भन्न थालेको छ– मांसाहारी आन्दोलन भनेर परिस्थिति नभड्काऊँ, यस्तो आन्दोलनमा नागरिक आउँदैनन् । अथात्, देश मुठभेडतिर लाग्यो, संघीयता खारेज भएर आपातकाल र राष्ट्रपति शासनको संकेत देखियो ।