Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

९ गते अस्तव्यस्त पार्ने धम्की

०५ सोमबार , माघ २०७७४ बर्ष अगाडि

नेकपाका नेताहरुको सत्ता झगडामा जनताले अस्तव्यस्त हुनुपर्ने किन ? जनतास“ग बहुमत मागेको हो, दिएकै थिए । जनताले खोजेको स्थिरता र शान्ति हो । अराजकता र शाकाहारी आन्दोलनले भएन भनेर जनतालाई भन्न खोजेको के हो ? जनताले फेरि यी नेताहरुका लागि नारा लगाइदिनुपर्ने, जुलूसमा हिडिदिनुपर्ने, अराजक बनेर कुटाई खानुपर्ने र ज्यानसमेत दिनुपर्ने ? यो बेला जनतालाई दिनुपर्ने अराजकता हो कि आश्वस्तता हो ? कोरोनाको खोप, खाना र रोजगारी हो कि यिनका लागि ठूलोभन्दा ठूलो जुलूसमा हिडिदिनुपर्ने हो ? जनताले के पाए, अबको आन्दोलनबाट पाउने के हो ?
हिजो यिनै नेता शासक बने । आज यिनै नेतालाई फेरि शासक बनाउन जनताले हिंस्रक बनिदिनुपर्ने ? अति भएन र ?
काठमाडौं । नेकपाभित्रको शक्ति संघर्ष चरमचूलीमा पुग्यो । उनीहरुको सत्ता झगडाके कारण संसद बिघटन हुनपुग्यो, संसदमात्र होइन, संविधानसमेत दुर्घटनामा प¥यो । संवैधानिक संकट गहिरियो । यो संविधानले कानुन व्यवस्था कायम गर्न नसक्ने स्थिति देखियो ।
यसको जिम्मेवारी लिनुपर्ने नेताहरु एकदोस्रालाई खुइल्याउन लागेका छन् । उनीहरुको झगडामा जनतालाई घिसार्न थालिएको छ । मूल्य चुकाउनुपर्ने अवस्था सिर्जना गरिदैछ ।
राष्ट्रिय गीत, नाचगानबाट सुरु भएको प्रचण्डको ओलीविरोधी आन्दोलनको आगो फुक्ने कार्यक्रममा राजधानी अस्तव्यस्त पार्ने धमास आउनु उचित थियो कि थिएन ? प्रचण्ड कित्ताले ओलीको उछित्तो काढ्नुलाई आन्दोलन भनियो । यस्तो आन्दोलनमा कार्यकर्ता मात्र आउलान् कि जनता पनि सहभागी होलान् ? ओलीविरुद्ध भएभरका गाली गर्नु र अबको आन्दोलन सामान्य नहुनु भन्नु नै विरोधको कमशल शैली भएन र ? भन्नेहरु बढी देखिन्छन् ।
माघ ४ गते संसद पुनस्र्थापना र प्रधानमन्त्री केपी ओलीलाई सत्ताबाट हटाउनका लागि प्रचण्ड, माधव, झलनाथ कित्ताले शाकाहारी आन्दोलनले भएन भनेर ९ गतेको आन्दोलनलाई मांसाहारी बनाउने संकेत गरे । म मर्छु झुक्दिन भन्ने प्रचण्ड अग्रपंक्तिमा उभिएर टाउको फुटाउन तैयार छु भन्न भ्याए । देश रोएको बेला प्रधानमन्त्री हाँसेको प्रसङ्ग पनि प्रचण्डले उठाए । देश ओलीका कारणले कि ओलीलगायत प्रचण्ड कित्ताका कारणले पनि रोइरहेको हो, यसबारे बोलेनन् ।
दोस्रो चरणको आन्दोलन ९ गते सुरु हुने र त्यो दिनदेखि आन्दोलन हिंसात्मक हुने संकेत गरेर सडक फेरि रक्तरञ्जित हुने खतरा देखियो ।
९ गतेको आन्दोलन सफल पार्न प्रज्ञा र बुद्ध नगरमा युवा संघ र अखिलको कार्यक्रममा यस्तो आह्वान गरिएको हो । युवालाई उचाल्नु उचालियो, आक्रोसित पारियो ।
काठमाडौंमा २ लाख जनता उतारेर अस्तव्यस्त पार्ने उर्दीलाई युवाहरुले कुनरुपमा अस्तव्यस्त पार्ने हुन्, आम नागरिकमा त्रास फैलिएको ।
९ गतेको प्रचण्ड, माधव कित्ताको शाकाहारीभन्दा पृथक आन्दोलनले प्रधानमन्त्री केपी ओलीको ‘मुटु हल्लिएला’ त ? प्रचण्ड र झलनाथ खनालको आक्रामक भाषणबाजीमा भीम रावल र सुरेन्द्र पाण्डेले आगोमा घीउ थपेका थिए । नेकपाका प्रचण्ड पंक्तिका युवाहरुले प्रचण्ड जिन्दावादका नारा लगाएका थिए ।  प्रचण्डले भनेको  ओली विरुद्धको ‘मांसाहारी आन्दोलन र मेजर अपरेशन’ कस्तो होला ? यसबारेमा राजनीतिक र कूटनीतिक वृत्तमा निकै चर्चा चलेको सुनिन्छ ।
भीम रावलको निष्कर्ष थियो– केपी ओलीले प्रतिगमन गरे, संविधानमा खड्ग प्रहार गरे, पार्टी एकता गर्दा गरेको वाचा बिर्सिए, डल्ला साबुनले धुँदा पनि ओली सफा भएनन्, गनाए ।
भीम रावलको प्रश्न थियो– ओलीजी, तपाईँ संविधानको कुन धारा अन्तर्गतको प्रधानमन्त्री हो मलाई जवाफ दिनुस् ?
यो मञ्चमा प्रचण्डजस्तै आक्रामक थिए झलनाथ खनाल । ९ गतेको आन्दोलनमा काठमाडौंलाई अस्तव्यस्त पार्छौं । यो आन्दोलनले केपी ओली जस्ता तानाशाहले संविधान मिच्ने अधिकार छैन, मण्डलेकरण चल्दैन भन्ने निर्णय गर्ने उनको दावी थियो ।