Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

प्रवुद्धको रिपोर्टबारे के कुरा भएछ दिल्लीमा ?

०५ सोमबार , माघ २०७७४ बर्ष अगाडि

काठमाडौं । नेपालका प्रवुद्ध समूह– राजन भट्टराई, सूर्यनाथ उपाध्याय, निलाम्बर आचार्य र डा.भेषवहादुर थापा । यो समूहको संयोजक हुनुहुन्थ्यो– डा.भेषवहादुर थापा ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत भ्रमण जाँदा कामचलाउ सरकार किन भारत गएको भनेर निकै आलोचना भयो । गम्भीर विषयमा, दूरगामी असर पर्ने विषयमा वार्ता नगर्न विज्ञहरुले सुझाएका पनि थिए । जब प्रदीप ज्ञवाली भारतसँग विदेशमन्त्री स्तरमा भ्रमण सकेर फर्किए, उनको प्रतिक्रिया थियो– दुई देशको सम्बन्ध अझ उचाइमा पुग्यो । चिस्सिएको नेपाल–भारत सम्वन्धमा सुधार आयो ।
हो, कोरोनापछि कुरा गर्ने भन्ने भारतले नेपालमा राजनीतिक अराजकता फैलिएको बेलामा विदेश सचिवस्तरको वैठक राख्यो, बोलायो र संवादको ढोका खोल्यो । नेपालले चुच्चे नक्सा संविधानमा सामेल गराएपछि भारत नराम्ररी रिसाएको थियो, एकाएक किन शान्त भयो कसरी ? यस्ता प्रश्नहरु छन् र प्रवुद्ध समूहले तैयार गरेको रिपोर्ट बुझ्न भारत मानिरहेको छैन । रिपोर्टमा सीमा नियमन गर्ने सहमति थियो । त्यो रिपोर्टबारे पनि परराष्ट्रमन्त्रीको वार्ताका एजेण्डा थिए । सीमा अतिक्रमणका विषय पनि थिए । ती विषयहरुमा के सहमति भयो ? प्रधानमन्त्री मोदीले किन भेटेनन् ?
यी प्रश्नहरुमा भारतका लागि नेपाली राजदूत तथा प्रवुद्ध समस्य रहेका निलाम्बर आचार्य पनि बोल्दैनन्, अरु सदस्यहरु पनि जिब्रो तालुमा टाँसेर बसेका छन्, किन ?