Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

अस्तित्व र एकताको चिन्ता

२७ सोमबार , पौष २०७७४ बर्ष अगाडि

२९९औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
‘नेपाल निर्माता तथा नेपाली एकताका प्रतीक श्री ५ बडा महाराजाधिराज पृथ्वीनारायण शाहको २९९औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा मौसूफ प्रति श्रद्धा स्मरण गर्दै हामी समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा प्रेम,सद्भाव र एकताका निम्ति शुभकामना व्यक्त गर्दछौं ।
नेपाली भनेका नेपाली नै हून् । कुनै अर्को जलप लगाएर हुँदैन भन्ने अपार राष्ट्र भक्तिले ओतप्रोत भएर बडा महाराजाधिराजबाट नेपाल राष्ट्र निर्माणमा आफ्नो पुरै जीवन समर्पण गरिबक्सेको तथ्य स्मरण मात्र हुँदा पनि हामी सबै नेपाली गौरवान्वित हुने गर्दछौं । यो समयमा हामी देश कसरी जोगाउन सकिएला भन्ने चिन्ताग्रस्त अवस्थामा छौं ।तर त्यो समय केवल आफ्नो परिकल्पनामा सिमित देशलाई आकारमा ल्याउन सानो चातुर्य, साहस र वीरताबाट मात्रै सम्भव थिएन । दैवीक आशिर्वाद,अद्यम् साहस,पौरख र कुटनीतिक कौशलको अद्दीतीय क्षमताबाट मात्रै देवभूमी नेपालको स्थापना भएको हो । नेपालको निर्माणमा हरेक जातीय, भाषिक र सांस्कृतिक समुदायका आ–आफ्नै । विशिष्ट योगदान छन् । संसारमा कतिपय देश जाती भाषा र धर्मका नाममा परस्पर मतभेदबाट उत्पत्ति भएका छन् । तर नेपाल विश्वको 
एक मात्र त्यस्तो मुलुक हो जुन सबै जातीय,भाषिक र सांस्कृतिक सम्प्रदायको साझा प्रयासको उपज हो ।त्यसैले आजपनि राष्ट्र निर्माता बडा महाराजाधिराजरबाट मार्ग दर्शनका निम्ति बक्सेको दिव्य उपदेश नेपालको अस्तित्व रक्षा, नेपालीको एकता र मुलुकको सम्मृद्वी लक्षित भएको महसुस हामी सबैले गरेका छौं ।
जनचाहना बमोजिम अघि बढ्नु शाह वंशीय राजपरम्पराका विशेषता भएको तथ्य कसैबाट छिपेको छैन ।राष्ट्रियता,राष्ट्रिय एकता,राष्ट्रिय स्वाभिमान र राष्ट्रियहितलाई केन्द्रमा राखेर अघि बढ्ने क्रममा देशको आवश्यकता र जनताको चाहना हुँदा शाह वंशीय राजाहरुले सक्रिय भूमिका मात्र निर्वाह गरेका छैनन् संबैधानिक राजतन्त्रको मर्यादा अनुरुप व्यवहार भएको छ र राजगद्दी त्यागने उच्च साहस र इमानदारी पनि दर्शएका छन् । हाम्रा निम्ति देश र जनताको हित नै सर्वाेपरि रहँदै आएको छ ।हाम्रो विचारमा राजनीति भन्नू नै देश सेवाको उच्चतम साधन हो । तर हामीले व्यहोरेको राजनीति कति इमानदार र राष्ट्रकेन्द्रित छ, कति जनहित अनुकूल छ त्यसको समीक्षा हुन अब विलम्ब भैसकेको छ । परिवर्तनको नाममा आफ्नो इतिहास, सभ्यता, धर्म, संस्कृति र एकताको गाँठो बलियो पार्नु पर्दछ ।यसको औचित्य हिजो थियो, आज छ र भविष्यमा पनि रहनेछ ।यसैमा पृथ्वी जयन्तीको सार्थकता रहन्छ भन्ने हाम्रो मान्यता हो । जय नेपाल ।  २०७७ पौष २७ गते ।