Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

भारतले बनाउने राजा अस्वीकार

२७ सोमबार , पौष २०७७४ बर्ष अगाडि

काठमाडौं । राजनीतिका खरा विश्लेषक वरिष्ठ पत्रकार पी खरेलका अनुसार पूर्वराजाले ‘भारतले राजसंस्था फर्काउन लागेको हो भने म नारायणहिटी फर्किन्न’ भन्नुभएको छ । उहाँका अनुसार बेलायतको जस्तो राजसंस्थाले नेपालको अपेक्षा र आवश्यकता पूर्ति हुनसक्दैन ।
खोपाको राजा त २०६३ सालको जनआन्दोलनको अन्तिम दिनमा पनि भारतले प्रस्ताव राखेकै हो । श्री ५ ज्ञानेन्द्रले अस्वीकार गरेर संसद पुनस्र्थापना गरेको सम्झना गर्दै खरेलले भन्नुभएको छ– देशमा कुनै पनि संकट प¥यो भने निर्णय लिनसक्ने, छलफल गराउन सक्ने राजतन्त्रको आवश्यकता छ, त्यस्तो राजसंस्था नेपालीले नै पुनस्र्थापना गर्नेछन् ।
पूर्वराजाको कुरा स्पष्ट छ– कसैले बनाइदिएको राजा हुन स्वीकार छैन । जनताको चाहना हो भने मात्र पूर्वराजा राजसंस्थामा बस्न तैयार छन् ।
पूर्वराजाको यस्तो वयान त्यस्तो बेलामा आएको छ जब कि प्रचण्डले ओलीलाई हटाएर आफूलाई सत्तामा पु¥याइदिन भारतलाई हारगुहार गरेका छन् । प्रचण्ड, माधव नेपालहरू भारतीय दूतहरूका सम्पर्कमा छन् ।
हिजो दरवारले प्रधानमन्त्री छान्थ्यो, दरवार त नेपालीकै थियो । आज स्वच्छ प्रधानमन्त्री दिल्ली र श्यामशरणजस्ता सचिवस्तरका व्यक्तिले छान्न थालेका छन् । त्यसैमा रमाउने गणतन्त्र कस्तो व्यवस्था हो । यो नेपाली व्यवस्था हो कि विदेशीलाई मालिक बनाउने ?
खरेल भन्नुहुन्छ– भारत, चीन, अमेरिका, बेलायती कूटनीतिज्ञहरूसँग कुरा भइरहेका छन् । मनिषा कोइरालासमेत हिसावकिताव गरेर राजनीतिमा लागेकी हुन् । नेपाली सेनाभित्र बढ्दो अस्थिरता र अराजकताका विषयमा चासो बढेको छ । राजनीतिले बाटो बिरायो, भूलमाथि भूल भइरहेका छन् । गलतलाई सच्याउने खाका तैयार भइरहेका छन् । यसका लागि केही कडाखालको निर्णय हुनसक्छन् । तर जनताले खोजेअनुसारकै परिवर्तन हुनसक्ने र अबको परिवर्तन दिल्लीले तैयार गरेको जनयुद्ध, दल्लीको १२ बुँदे सहमति, दिल्लीको लगानीको जनआन्दोलनजस्तो हुनेछैन । जे हुनेछ, नेपाली आफैले गर्नेछन्, जनताले अपनत्व लिनेगरी परिवर्तन हुनेछ ।