Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

जनताले ल्याउछन्, राजतन्त्र र हिन्दुराष्ट्र

२० सोमबार , पौष २०७७४ बर्ष अगाडि

काठमाडौं । संविधानसभामा तेश्रो शक्ति बनेको राप्रपाका अध्यक्ष कमल थापाले आमनिर्वाचनअघि दिएको ‘सधैं राजतन्त्रलाई बोकिरहनु पर्छ भन्ने छ र ?’ भन्ने एउटा अन्तर्वार्ताका कारणले रिसाएका हिन्दु र राजतन्त्रवादीले कम्युनिष्टमा भोट घोप्ट्याइदिए । जसका कारण झापाबाट राजेन्द्र लिङ्देनबाहेक अर्को सिट राप्रपाले जित्न सकेन । हाड नभएको जिब्रो लप्टन भएको होस् कि कुनै आवेगमा होस्, भएको गल्ती राप्रपाले सुधारिसकेको छ । राप्रपा बैकल्पिक शक्ति बन्नका लागि पशुपतिशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनीको राष्ट्रिय शक्तिसँग एकीकृत भइसकेको छ । राप्रपा संगठित र योजनावद्ध रुपमा अगाडि बढेको छ ।
अब भने राप्रपा बैकल्पिक शक्ति बन्नका लागि ‘लोकतान्त्रिक राजतन्त्र र हिन्दुराष्ट्र’को एजेण्डा बोकेर संगठन बिस्तार र चुनावी तैयारीमा जुटिसकेको छ । यता केशरबहादुर बिष्टदेखि राजतन्त्रवादी र हिन्दुराष्ट्रवादी तिसौं संगठनहरु पनि यही एजेण्डा बोकेर सडक आन्दोलनमा निस्केका छन् । हरेक दिन कुनै न कुनै जिल्लामा प्रदर्शन भइरहेका छन् । देशव्यापी रुपमा ‘राजा आउ देश बचाउ’को नारा घन्किरहेकै छ । शान्तिपूर्ण र स्वतःस्फूर्त निस्केको यो जनबाढी बिस्तारै आँधीबेहरीको स्वरुप धारण गर्दै गएकोमा गणतन्त्रवादीहरु चिन्तित देखिन्छन् ।
नेपाली कांग्रेसभित्र कम्युनिष्टको सर्वसत्तावादी सोचलाई परास्त गर्न प्रजातन्त्रवादी सबैलाई समेटेर अघि बढ्नुपर्ने र परिआए हिन्दुवाद र संवैधानिक राजतन्त्रलाई समेत स्पेश दिने कुरामा सहमति जनाउनु पर्ने भित्री मनसाय देखिन थालेको छ । नेपाली कांग्रेसले बुझेको छ, नेपाल रहेसम्म राजतन्त्र र हिन्दुवाद राजनीतिक शक्तिका रुपमा रहिरहने छ र यही शक्ति नै नेपालको राजनीतिमा निर्णायक शक्ति पनि हो । यही कारण चुनाव हुने पक्का भयो भने नेपाली कांगे्रसले हिन्दुराष्ट्र मानेर राजतन्त्रलाई स्थान दिन तैयार हुनेछ, यसका लागि भारो–पश्चिमादेखि चीनसम्मको सोच सकारात्मक बनेकोमा शंका छैन ।
राप्रपा र राजतन्त्रवादीहरुको अनेक लहर देखेका र यो जनलहर अर्को जनआन्दोलन हुनसक्ने आँकलन गरेका कम्युनिष्टहरु राप्रपा र राजतन्त्रवादीलाई फुटाउन राप्रपालाई राजाको विश्वास रहेन भन्न थालेका छन् । राजामात्र हुने हो भने संवैधानिक संकट र गणतन्त्रको असफलताले ज्ञानेन्द्र शाहका लागि मार्ग प्रशस्त भइसकेको छ । तर ज्ञानेन्द्र शाह राजा हुन होइन, नेपाललाई एकतावद्ध र सवल राष्ट्रको खाका कोरिरहेका देखिन्छन् । वातावरण राजतन्त्रमय भइसकेको छ । जनता तैयार छन्, ठूला पार्टीका युवाहरु तैयार छन्, सुरक्षा निकाय जनताको पक्षमा उभिन तैयार हुनैपर्छ । अन्तर्राष्ट्रिय समुदाय नेपालको अराजकताबाट वाक्क भइसकेका छन् । नेपालमा अराजकता र अस्थिरता बढेकोमा सबै चिन्तित छन् । भारत र चीनको सुरक्षाका लागि समेत नेपाल स्थिर हुनुपर्ने देखिएको छ ।
अव सम्हाल्ने अभिभावकीय दायित्व निर्वाह गरेर हो । त्यही अभिभावक बन्न ज्ञानेन्द्र वीरविक्रम शाह तैयार भएका देखिन्छन् । यसकारण यतिबेला जनजनको आवाज छ– राजा त चाहिने रहेछ ।
राजतन्त्रका लागि राजतन्त्रवादी र हिन्दुवादीमात्र होइनन्, हरेक तह र तप्काका नागरिक समर्थन र सहयोग गरिरहेका छन् । पेशागतदेखि श्रमिक बर्गसमेत राजतन्त्र चाहियो चाहियो भन्न थालेका छन् । बुढेसकालमा देशको अभिभावकीय दायित्व निर्वाह गर्ने जिम्मेवारी आइसकेको छ ।
सम्मानित कुन नेता छन्– प्रचण्ड, माधव नेपाल, ओली, विद्या भण्डारी, झलनाथ खनाल अथवा अरु कुनै नेता ?
कोही पनि अभिभावक बन्न सकेनन् । देशलाई बर्बाद पारे, कृष्णभीरबाट खँगार्ने स्थितिमा पु¥याए । यो अवस्थामा परिवर्तन अवश्यम्भावी छ । यो परिवर्तन शान्तिपूर्ण हुन्छ कि रक्तपातमय ? को कहाँ पुग्छ, यो विषयमा चिन्ता र चासो आजकल कोठा कोठामा बढ्न थालेको छ । जनतासँग कसको के लाग्छ र ?