Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

बाघ मर्‍यो कि वन्यजन्तु नीति मर्‍यो ?

२० सोमबार , पौष २०७७४ बर्ष अगाडि

काठमाडौं । जंगलमा बसोबास गर्ने बाघ राजमार्गमा किन आयो ? वन्य जन्तु संरक्षण विभाग, वन मन्त्रालय, वातावरणविदहरु यो सवालको जवाफ खोज्दैनन्, मात्र डलर कसरी आउँछ भनेर डलरको पछि पछि लागेका देखिन्छन् ।
बाराको जितपुर सिमराको आधारभार जंगल क्षेत्रबाट बाघ राजमार्गमा निस्कियो, कारले ठक्कर दिंदा संरक्षण सूचीमा रहेको एउटा पाटे बाघ यसरी म¥यो ।
यो क्षेत्र वन फडानी गरेर निजगढ विमानस्थल बनाउने क्षेत्र हो । बाघ बस्ने जंगल फडानी गरेपछि बाघ के खान्छ, कहाँ बस्छ ? भौंतारिएर सडकमा निस्कदा यसरी बाघले मर्नुपर्छ ? यो बाघ मरेको होइन नेपाल सरकारको नीति मरेको हो ?
दुर्लभ पाटे बाघ, १० वर्षको वयस्क पाटे बाघ । अन्य मुलुकहरु एउटा बाघका पाउन, बचाउन कति मेहनत गर्छन्, हामी भएका बाघलाई तिनीहरु बाँच्ने वनजंगल फडानी गरेर चोरी निकासी गर्छौं, वन्यजन्तु सिकारीको सिकार बन्न दिन्छौं, बाघका हाडछाला तस्करी रोक्न सक्दैनौं । माल पाएर के गर्नु चाल नपाएपछि ?े बारा प्रहरीले जनाएको छ ।