Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

यस्तो हुन्छ राजनीति

२० सोमबार , पौष २०७७४ बर्ष अगाडि

काठमाडौं । जनवरी २० मा पदभार ग्रहण गर्दैछन्, नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेन ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको सुरक्षा प्रशासनका गोरा प्रहरीले अश्वेत नागरिक जर्ज फ्लोइडको हत्या गरेका थिए । जुन घटनाले सिङ्गो अमेरिकालाई बिद्रोहको आगोमा धकेलेको थियो । त्यति हुँदा पनि बरु भूमिगत सुरक्षा घेरामा लुक्न पुगे तर राष्ट्रपति ट्रम्पले माफी माँगेर राजनेता बनेनन् ।
तर राष्ट्रपति पदभार ग्रहण गर्नु केही दिन अघि जो बाइडेनले मारिएका अश्वेत नागरिक जर्ज फ्लोइडकी सानी छोरीका सामु यसरी घुँडा टेकेर माफी माँग्न पुगे । नागरिकको महत्व कति हुन्छ, हाम्रा नेताहरुले कहिले सिक्ने ? लोकतन्त्र भनेको संस्कार हो, राजनेतामा संस्कार हुन्छ भन्ने प्रमाण हो यो ।