Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नेकपाको उद्धार कि चीनको सुरक्षा चासो ?

१३ सोमबार , पौष २०७७४ बर्ष अगाडि

काठमाडौं । नेकपाको फूट र सडक प्रदर्शनले नेपालकै संकट गहिरिदै गएको देखेर चीनका राष्ट्रपतिका विशेष दूत आइतवार टोलीसहित नेपाल भ्रमणमा आइपुगेको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ नेतृत्वको चार सदस्यीय टोली विशेष विमानबाट आएको हो । आउनासाथ राष्ट्रपति, प्रधानमन्त्रीलाई भेटिसकेको छ भने दूतावाससँग ब्रिफिङ लिएर उच्च तहका नेतासम्मलाई भेटेर विचार विमर्श गरेको छ । नेकपामा फूट आउँदा, त्यसको साइड इफेक्टले चीनलाई असर गर्छ कि गर्दैन ? चीनको चासो यही हो र चीनका राष्ट्रपति सी चिनफिङ्को विशेष दूतले कुन कुन एजेण्डामा छलफल गरे भन्ने विषयलाई गोप्य राखिएको छ । यो भ्रमण बेइजिङ्को सिधा सम्पर्कपछि तय भएको र यसमा चीनको सुरक्षाचासो विशेष रहेको स्रोतहरु बताउँछन् । चीनका राष्ट्रपतिको सन्देश, चीनका एजेण्डा बुझ्न खासगरी भारत र अमेरिका विशेष दौडधूपमा रहेका छन् । स्मरणीय छ, चीनका राजदूत यान्छीले नेकपाका नेताहरु प्रचण्ड, नेपाल, ओलीसँग भेटेपछि चीनको टोली आएकाले यसपल्ट नेकपाको मुद्दा गम्भीर प्रकृतिको देखिएको र बेइजिङ्को सुलोसनले टाँसिएला र ? भन्ने सम्मको जिज्ञासाहरु बढेका छन् ।
राजनीतिक झगडा मिलाउन उत्तरबाट आएजस्तै दक्षिण र पश्चिमबाट पनि आउन थाले भने हालत के होला ?