Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

एमसीसी हितमा छ, लागू हुन्छ

१३ सोमबार , पौष २०७७४ बर्ष अगाडि

काठमाडौं । सडकमा हुन्जेल नबोलेका टोपबहादुर रायमाझीको मन्त्री हुनासाथ बोली फुटेको छ– एमसीसी नेपालको हितमा छ, लागू हुनुपर्छ ।
उर्जा, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले पद बहाली गर्नासाथ पहिलो अभिब्यक्ति दिएका हुन्– मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लागू गर्नुपर्छ । उनले लचकदार शैलीमा बताए कुनै पनि वैदेशिक लगानीलाई अस्वीकृत गर्न हुँदैन, एमसीसीलाई त हुँदैहुन्न, लागू गरेर समृद्ध नेपाल निर्माण गर्नेतिर अगाडि बढ्नुपर्छ । नयाँ मन्त्रीका पुराना सोच, नयाँ केही देखिएन ।
पत्रकारहरुले एमसीसी सम्झौतामा देशको स्वाभिमान कमजोर पार्ने विषय छ नि भन्दा मन्त्रीले त्यस्तो छैन, भएमा सच्याएर अघि बढ्न सकिन्छ भन्ने जवाफ दिएका थिए । मन्त्रीको स्पष्ट जवाफ थियो– विदेशी लगानी ल्याउनै हुन्न भन्ने कुरा, यो अपराध हो ।  एमसीसीजस्ता विदेशी सहयोग ल्याउँदा हाम्रो देश कोल्याप्स हुन्छ, हाम्रो देशमा आक्रमण हुन्छ भन्ने कुराहरुमा मलाई विश्वास छैन । पहिलेका सरकारहरुले यसलाई अघि बढाएका हुन्, अब पास गरेर अघि बढ्नुपर्छ ।
संसद बिघटनपछि चुनावी सरकारका मन्त्रीको सुगारटान बुझिनसक्नु छ ।