Advertisement Banner
Advertisement Banner

१४ शुक्रबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

नन्सेन्स भन्नेलाई कारवाही गर

२८ सोमबार , असार २०७२११ बर्ष अगाडि

'ननसेन्स' भन्ने जोन जिङ को हुन्? तिनलाई तत्काल राष्ट्रसंघले बर्खास्त गर्नुपर्छ भन्दै इन्सेकका अध्यक्ष सुवोध प्याकुरेलले पत्रकार सम्मेलन आयोजना गरेर कडा रुपमा बिरोध गरेका छन्। राष्ट्रसंघका मानवीय मामिला संयोजक जोन जिङले राष्ट्रसंघले भूकम्पपीडितलाई बितरण गरेको चामल कुहिएको थिएन भन्दै नेपाललाई दिदै आएको सहयोग सिरियातिर सार्नेसम्मको धम्की दिएका थिए। जब कि सरकारको अनुगमन टोली, राष्ट्रिय मानवाधिकार आयोग र खाद्य अनुसन्धान विभागले खाद्यान्न कुहिएको फेला पारेको थियो र कारवाहीको लागि सिफारिससमेत गरेको थियो। यही विषयमा जोनजिङको पारो तातेर नेपाली पत्रकारितालाई ननसेन्स भनेर अपमान गरेका थिए।
सुवोध प्याकुरेलले भने– यो सबै सरकारको नालायकीपनको प्रतिफल हो। २०६६ सालमा जाजरकोटमा यस्तै खाद्यान्नले महामारी फैलिएको थियो। धेरै जनाको मृत्यु पनि भयो। विश्व खाद्य कार्यक्रमका लागि नेपाल त कुनै देश नै होइन, यो असभ्य जंगली बसेको ठाउँ हो। यहाँ कानुनी सरकार नै छैन। हैसियत छैन। घमण्डीपन विश्व खाद्य कार्यक्रमले देखायो। म आशा गर्छु, जोन जिङजस्ता गैरजिम्मेवार व्यक्तिले राष्ट्रसंघको त्यो खालको जिम्मेवारी पाउनु हुन्न। भूकम्पपीडामा परेका मानिसलाई माया, स्नेह, सम्मान चाहिन्छ। जोनले उल्टै पीडा थप्ने काम गरेका छन्। जोनको अभिव्यक्ति र व्यवहारले सरकारको, संवैधानिक निकायको बेइज्जत भएको छ, त्यस्ता मान्छेलाई सरकारले कहिलेसम्म पूजा गरेर राख्छ। र, यस्ता मान्छेलाई कारबाही गराउन सक्छ कि सक्दैन, त्यो हुती छ कि छैन, सबैले देख्न पाउनुपर्छ। यदि अहिले यसरी हेप्ने विदेशीहरुलाई जवाफ दिन सकिएन भने आउने दिनमा झन हेपिने छौं।