Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

पुस ५ गतेः प्रचण्ड शेर, ओली सवाशेर

०६ सोमबार , पौष २०७७४ बर्ष अगाडि

प्रचण्डको धक्का– प्रधानमन्त्री केपी ओलीलाई अविश्वासको प्रस्तावबाट हटाउने । राष्ट्रपतिलाई महाभियोगले फाल्ने । प्रचण्ड प्रधानमन्त्री बन्ने, झलनाथ खनाललाई राष्ट्रपति बनाउने, माधवकुमार नेपाल नेकपा पार्टी अध्यक्षमा स्थापित हुने । यही धक्काले केपी ओलीको राजनीति सफाचट पारिदिने ।
ओलीको धक्का– मर्ता क्या नही कर्ता । प्रचण्ड गुटको अविश्वासको प्रस्ताव, ग्य्राण्ड डिजाइनको रिपोर्ट पाएपछि प्रम केपी ओलीले संसद नै सिध्याइदिए । यी घटनाले अहिलेभन्दा डरलाग्दो संकेतहरु देखाएका छन् ।
काठमाडौं । कसले सोचेको थियो– प्रधानमन्त्रीले संसद नै बिघटन गरिदिन्छन् ? राष्ट्रपतिको त कुरै भएन किनकि माष्टर माइण्ड ओली हुन्, ओलीले जे निर्णय गर्छन्, राष्ट्रपतिको सदाबहार ‘सर’को निर्णयमा लालमोहर ठोक्नेमात्र काम हो । ठोकिदिइन् ।
२०१७ साल पुस १ गते कू गरेको आरोप लगाउनेहरुले देखे– २०७७ साल पुस ५ गते केपी ओलीले कू संवैधानिक कू गरिदिए । संविधानमा संसद बिघटनको कुनै प्रावधानसहितको धारा नभएको र संविधान मौन रहेकोले यो घटनालाई कू भनिएको हो । प्रधानमन्त्री र राष्ट्रपतिको निर्णय र सदर कू हो कि होइन, यसको निरुपण अदालतले गर्ला, कोही चिच्याएर केही हुन्न ।
पुस ५ गते, विहान १० वजेको मंन्त्रीपरिषदको आकस्मिक वैठकले संसद विघटन गर्ने निर्णय ग¥यो । राष्ट्रपतिले लालमोहर ठोकिदिइन् । १० बजेर ५० मिनेट जाँदा संसदमा प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भयो । यी दुबै निर्णयलाई दूरदर्शी कसैले पनि मानेनन् । दोष सत्ताधारी दल चलाउने शीर्ष नेताहरुमै छ । एकले अर्कोलाई सरपर्दा मुख चाट्नु र सर नपर्दा घीन मान्नु नै समस्याको जरो हो । पार्टीले पाएको ऐतिहासिक दायित्व निर्वाह गर्न कम्युनिष्टहरु असफल भए ।
ओलीले आत्मघात गरे कि प्रचण्डले हार्ने खेल खेले । माधव नेपाल, नारायणकाजी र झलनाथ खनालमात्र होइन, अरु नेताहरुको हालत के होला, भविष्यले नै बताउला । अदालतले संसदमा अर्को सरकार बन्ने बिकल्प नदेखेको नभएको स्थितिमा दुई तिहाइको प्रधानमन्त्रीको निर्णयलाई सही मान्यो भने प्रत्येक नेता को कति पानीमा छन्, तिनको हैसियत देखिने छ । ओली खेमाको बिबाद भनेको कि हस्तिनापुरको राज, कि चपरीमुनीको बास भन्ने खालको देखिन्छ ।
तत्कालका लागि ओली र प्रचण्ड शेर, सवाशेरका रुपमा चर्चित छन् ।